एनपीएल : आज काठमान्डु–सुदूरपश्चिम र चितवन–जनकपुरबीच प्रतिस्पर्धा

  • कार्तिक २७, २०८३ | १०७ पटक पढिएको | सीमा संदेश
alt

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा शीर्ष स्थानको होडमा रहेका काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् भने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन् ।

दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा काठमान्डु र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । पाँच खेलबाट चार जित र एक हारसहित आठ अङ्क जोडेको काठमान्डु अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

छ खेल खेलेको सुदूरपश्चिम पनि चार खेलमा जित र दुई खेलमा हार बेहोर्दै आठ अङ्कसहित तेस्रो स्थानमा छ । त्यसैले आजको खेल दुवै टोलीका लागि अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्ने अवसर हुनेछ ।

यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सको सामना गर्नेछ ।

पाँच खेलबाट दुई जित, दुई हार र वर्षाका कारण रद्द भएको एक खेलबाट अङ्क बाँडेको चितवन पाँचौँ स्थानमा छ । छ खेल खेलेको जनकपुर भने दुई जित र चार हारसहित छैटौँ स्थानमा रहेको छ ।

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले भने–मधेशमा स

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको ...

मंसिर ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ७ गते । सोमबार । ...

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब