गोलबजारबाट राष्ट्रिय परिचयपत्र सेवा सुरु

  • मंसिर २, २०८३ | १११ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको गोलबजार नगरपालिकामा लामो समयदेखि अवरुद्ध रहेको राष्ट्रिय परिचयपत्र बनाउने सेवा मंगलबारदेखि पुनः सञ्चालनमा आएको छ।

सेवा सुरु भएसँगै नगरपालिकाका १३ वटै वडाका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सहज हुने अपेक्षा गरिएको छ।

गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठ, उपप्रमुख मान्तीदेवी साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार कर्णलगायत वडा अध्यक्षहरूको उपस्थितिमा सेवाको उद्घाटन गरी शुभारम्भ गरिएको हो।

उद्घाटन कार्यक्रममा नगर प्रमुख श्रेष्ठले राष्ट्रिय परिचयपत्र सेवासँगै नापी, मालपोत तथा कर (प्यान/भ्याट) सम्बन्धी सेवा पनि स्थानीय स्तरबाटै उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए।

उनले आगामी पुस महिनाभित्र आवश्यक व्यवस्थापन पूरा गरी तीनवटै सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको बताए। यी सेवा सञ्चालनमा आएपछि नागरिकले सामान्य कामका लागि अन्यत्र धाउनुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ।

त्यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार कर्णले राष्ट्रिय परिचयपत्र नागरिकका लागि अत्यावश्यक दस्तावेज बन्दै गएको बताए।

स्वास्थ्य बिमा गर्नसमेत राष्ट्रिय परिचयपत्र आवश्यक पर्न थालेको उल्लेख गर्दै उनले नागरिकको दैनिक जीवनमा यसको महत्त्व बढ्दै गएको बताए।

गोलबजार नगरपालिका–४ का वडाध्यक्ष सकलदेव यादवले लामो समयदेखि सेवा अवरुद्ध हुँदा नगरवासीले विभिन्न समस्या र सास्ती खेप्नुपरेको बताए। आफ्नै नगरपालिकाबाट सेवा सञ्चालनमा आएपछि नागरिकलाई ठूलो राहत मिल्ने उनको भनाइ छ।

मंगलबार दिउँसो ३ बजेदेखि सुरु भएको सेवाबाट साँझसम्म १० जनाले राष्ट्रिय परिचयपत्रका लागि सेवा लिइसकेको राष्ट्रिय परिचयपत्र शाखाका कर्मचारी सन्तोषकुमार सिंहले जानकारी दिए। उनका अनुसार बुधबार बिहानदेखि सेवाग्राहीको चाप थप बढ्न सक्ने अनुमान गरिएको छ।

स्थानीय स्तरमै राष्ट्रिय परिचयपत्र सेवा सुरु भएपछि गोलबजारका नागरिकलाई सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले भने–मधेशमा स

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको ...

मंसिर ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ७ गते । सोमबार । ...

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब