सिरहामा ७ ग्राम खैरो हेरोइनसहित २४ वर्षीय युवक पक्राउ

  • मंसिर ३, २०८३ | ११९ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको गोलबजारबाट प्रहरीले खैरो हेरोइन लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका–२ स्थित गागन खोलानजिक पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा धनगढीमाई नगरपालिका–८ कसहा निवासी २४ वर्षीय पारस यादव पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ५ प ६९६६ नम्बरको टीभीएस मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा यादवको साथबाट ९ ग्राम २७० मिलिग्राम खैरो हेरोइन  बरामद भएको प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालले जनाएका छन् ।  प्रहरीले उनको साथबाट एउटा भिभो कम्पनीको मोबाइलसमेत बरामद गरेको छ ।

लागुऔषध, मोटरसाइकल र मोबाइलसहित पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले भने–मधेशमा स

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको ...

मंसिर ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ७ गते । सोमबार । ...

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब