सिरहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिकामा भारतबाट आउने नेपाली नागरिकका चप बढेपछि पुनः १०० सैयाको क्वाराइन्टाइन व्यवस्थापन सुरु गरेको छ । हाल ६० सैयाको क्वाराइन्टाइन श्री जनता माध्यमिक विधालय सोनवर्षामा ५६ जना रहेका छन ।
भारतमा रेल संचालन सुरु भएपछि नेपालीहरुका सीमा क्षेत्रमा आउने संख्या बढी रहेको छ । जसका कारण सीमा क्षेत्रका स्थानियतहको क्वाराइन्टाइनमा चाप बढी रहेको नवराजपुर गाउँपालिका क्वाराइन्टाइन व्यवस्थापन संयोजक संजय यादबले बताउनु भयो ।
यता सिरहा जिल्लामा अरडिटी किट अभावका कारण जाँच कार्य सुस्त हुदाँ क्वाराइन्टाइनको चाप बढी रहेको छ । नेपाल भारतको दशगजाबाट छिर्ने नेपाली नागरिकलाई सुरक्षित साथ व्यवस्थापन गर्न विभिन्न समस्याहरु भईरहेको छ । नवराजपुर गाउँपालिकाले जनताका स्वास्थ्य प्रति गम्भिर जिम्मेवारीका साथ १०० सैयाको क्वाराइन्टाइन श्री सहिद रमेश महतो स्मृति माध्यमिक विधायल फूलवरीया जगतपुरमा तयारी सुरु गरेको छ । राती राती सीमा क्षेत्रबाट प्रवेश क्रम बढी रहेकोले आफ्नो ठाउँबाट जानकारी गरी क्वाराइन्टाइन सम्म पुर्याउन सहयोग गर्न सबै गाउँवासीसँग गाउँपालिका अध्यक्ष विश्वमोहन प्रसाद यादबले अनुरोध गर्नु भयो ।
त्यसैगरी सिरहा नगरपालिकाको क्वाराइन्टाइनमा पनि चाप बढी रहेको छ । तर क्वाराइन्टाइनमा चेक जाँच भईसकेका र अन्य पालिकाहरु नागरिकलाई पटक पटक सूचना गरी आफ्नो स्थानियतहमा लागि हामीलाई बढी रहेका चापलाई व्यवस्थापन गर्न सहयोगको लागि अनुरोध गरेपनि कुनै पनि स्थानियतहले चासो नदिईरहेको नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादबले बताउनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved