धानको समर्थन मूल्य सिफारिस

  • जेठ १४, २०७७ | १८८ पटक पढिएको |
alt

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहिलोपटक बाली लगाउनुपूर्व नै धानको न्युनतम सर्मथन मूल्य सिफरिस गरेको छ । समान्यतयाः बाली भित्र्याउने बेलामा तोकिदै आएको सर्मथन मूल्य पहिलोपटक जेठमै सिफारिस भएको हो ।

मध्यम खालको धानको प्रतिक्वन्टल सर्मथन मूल्य दुई हजार आठ सय ८५ रुपैयाँ र मोटा धानको दुई हजार सात सय ३५ रुपैयाँ सर्मथन मूल्य सिफरिस गएकिो कृषि मन्त्रालयका उपसचिव डा. गंगा आचार्यले जानकारी दिए ।

कृषि मन्त्रालयले सबै प्रक्रिया पुरा गरेर सर्मथन मूल्यको प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको जनाएको छ । ‘मन्त्रालयका प्राविधिकले निकालेको धान उत्पादनको लागतमा किसानले घरबाट बजारसम्म ढुवानी गर्न लाग्ने खर्च १० प्रतिशत र बाँकी २० प्रतिशत मूनाफा सुनिश्चित गरेर मूल्य सिफारिस गरिएको हो,’ उपसचिव डा.आचार्यले भने ।

आगामी आवको धानको सर्मथन मूल्य चालु आवको भन्दा धेरै छ । चालु आवमा सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ५३१ रुपैयाँ २२ पैसा र मध्यम धामको मल्य प्रतिक्विन्टल २ हजार ६७३ रुपैयाँ १६ पैसा तोकेको थियो ।

धान उत्पादक किसानलाइ आफ्नो बालीबाट हुने फाइदा आँकलन गरेर खेती गर्न हौसला मिलोस भनेर पहिलोपटक जेठमै सर्मथन मूल्य तोकिएको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले बताए ।

यसअघि उत्पादन भित्र्याउने बेलामा मात्रै धानको समर्थन मूल्य तोक्ने प्रचलन थियो । चालु आर्थिक वर्षमा कात्तिक ५ गते सरकारले धानको सर्मथन मूल्य तोकेको थियो ।

कृषि मन्त्रालयबाट धानको सर्मथन मूल्य सिफारिस भएर आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयबाट धानको मूल्य सिफारिस भएर आएको छ वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिए ।

‘न्यूनतम सर्मथन मूल्य सिफारिस भएर आएको छ, हामी अध्ययन गर्दैछौँ, व्यवहारिक देखिए मन्त्रिपरिषद्मा पठाऔँछौँ,’ सचिव डा.अर्यालले भने ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब