ठगी गरको आरोपमा एक महिला पक्राउ

  • जेठ २०, २०७७ | २६९ पटक पढिएको | सीमा संदेश
alt

धनुषा । सस्तोमा ग्यास चुल्हो र सिलिण्डर उपलब्ध गराउने भन्दै सर्वसाधरणसँग रकम असुली गरी ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा सर्लाहीकाे गोडैता नगरपालिका-३ बस्ने राजरानी कुमारी कुशवाहा रहेकी छन् । उनले जिल्ला प्रशासन कार्यालय रौतहटमा नेपाल लाइफ सेटल च्यारिटी ट्रष्ट नामक संस्था दर्ता गराई रौतहटकै चन्द्रपुर-४ मा कार्यालय राखेको बताएकी थिइन् । सोही ट्रष्टले गरिब तथा विपन्न परिवारलाई सस्तोमा चुल्हो र सिलिण्डर उपलब्ध गराउने भन्दै उनले सर्वसाधरणसँग ३ हजार ५ सय रुपैयाँ असुली गरेको पीडितहरुले बताएका छन् ।

आफ्नो कार्यालयलाई मलेसिया सरकारको आर्थिक सहयोग रहेको दाबी गर्दै उनले ठगी धन्दा चलाएको पीडितहरुको आरोप छ ।

सर्वसाधरणसँग पैसा उठाएर राजारानी सम्पर्कविहीन बनेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

उनलाई सोमबार पक्राउ गरी ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको प्रवक्ता कुँवरले बताए ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब