सिरहा । सिरहाको एक मात्र आंशिक क्याम्पस सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखि क्याम्पस सिरहाको दोस्रो पटक क्याम्पस प्रमुखको रुपमा रामहित यादब नियुक्त भएको छ ।
एक वर्ष अगाडी पनि उहाँ क्याम्पस प्रमुख भएको थियो । तर पहिलो कार्याकालमा क्याम्पसको विभिन्न विवादका कारण पद मुक्त हुनु भएको थियो । दोस्रो कार्याकालमा पुनः नियुक्त हुदाँ क्याम्पसको जिर्न अवस्थाको सुधार र शिक्षा प्रतिको जनविश्वस बढने स्थानिवासीहरुका विश्वास जागृत भएको छ ।
समाजिक संजालमा बधाई शुभकामनाको साथै क्याम्पसको सुधार प्रतिको प्रश्न पनि नव नियुक्त क्याम्पस प्रमुखलाई जनताले थपि रहका छन । दोस्रो कार्यकालको जिम्मेवारी पाएको यादबले शिक्षा तथा क्याम्पसको विभिन्न समस्याहरु सुधार गर्न सक्छ ? प्रशासनिक क्षमतावन क्याम्स प्रमुख आएपछि जनताको विश्वास जागेको छ ।
सिरहा क्याम्पसमा विभिन्न विवादहरु स्पष्ट देखिन्छ । पुरानो अधुरो भवन र कर्मचारी नियुक्त प्रक्रिया विशेष जटिल बन्दै आईरहेको कारण क्याम्पसमा फोहरी राजनीतिक प्रभावका कारण विधार्थी संख्यामा उल्लेखिनिय कमी आएको छ । हाल सम्मको सिरहा क्याम्पस अवस्था कर्मचारी पालन पोषण मात्रमा सिमित भएको छ ।
शिक्षा क्षेत्रमा ठुलो लगानी सरकारको यहाँका कर्ण धार विकासका लागि होस् । सुधारका लागि सबैका एकता बनौँस् । नव नियुक्त क्याम्पस प्रमुखलाई शुभकामना ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved