कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि घर पठाइएका व्यक्तिको मृत्यु

  • जेठ २६, २०७७ | २५४ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि घर गएको एक दिन नबित्दै महोत्तरीमा एक व्यक्तिको मृत्यु भएको छ । शनिबार क्वारेन्टाइनबाट गौशाला नगरपालिका १० बटौलास्थित घर गएका उनको आइतबार राति मृत्यु भएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले क्वारेन्टाइनबाट घर गएका ४० वर्षका पुरूषको मृत्यु भएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिले अत्यधिक रक्सी सेवन गर्दथे ।

ती व्यक्ति गत जेठ ६ गते भारतको हरियाणाबाट आएका थिए । उनलाई गौशाला नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका ती पुरूषसहित २६ जनाको स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीसहित २० जनालाई घर पठाइएको थियो । प्रमुख जिल्ला अधिकारी कटुवालले उनको मृत्युु रक्सी सेवनले नै भएको जिकीर गरे ।

गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले मृतकको फेरि स्वाब संकलन गरी मृतकको दाहसंस्कार गरिसकेको जानकारी दिए ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब