धनुषामा प्रहरी हिरासतमै युवक झुण्डेको अवस्थामा फेला, स्थानीयद्वार प्रहरीमाथि ढुंगामुढा

  • जेठ २८, २०७७ | २४६ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । धनुषामा प्रहरी हिरासतमै झुण्डेको अवस्थामा एक युवकको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका सबैला नगरपालिका १२ बरकुर्बाका २३ वर्षीय सम्भु सदाको शव झुण्डेको अवस्थामा फेला परेको हो ।

हिरासतको शौचालय भित्रै छानोमा आफ्नै सर्ट,भेस्टले पासो लागेको अवस्थामा मंगलबार राति साढे २ बजे सदा मृत भेटिएको धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
उनी ट्याक्टर चालक थिए । गत जेठ १२ गते ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर कारबाही चलाएको थियो ।

उनले आत्महत्या किन गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । युवकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

सदाको शव झुण्डेको अवस्थामा फेला परेपछि स्थानीयहरु प्रहरी प्रशासन विरुद्ध प्रदर्शन गरिरहेका छन् । स्थानीयहरुले इलाका प्रहरी कार्यालय सबैलाको कार्यालयमाथि ढुंगामुढा गरेका छन् भने प्रहरीको भ्यानमा समेत तोडफोड गरेका छन् । उनीहरुले घटनाको छानविन गरी दोषी प्रहरीमाथि कारबाही गर्न माग गरका छन् ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब