तराई मधेशमा मूल्यवृद्धि उच्च

  • असार ३, २०७७ | ४६८ पटक पढिएको | सीमा संदेश
alt

सिराहा । वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ८३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०७६/७७ को दश महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ’मा उक्त कुरा उल्लेख गरिएको हो ।

केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५ दशमलव २९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८ दशमलव ६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ६७ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसला उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । त्यस्तै काठमाडौं उपत्यकामा ५ दशमलव ७१ प्रतिशत, तराईमा ६ दशमलव ३५ प्रतिशत, पहाडमा ५ दशमलव ११ प्रतिशत र हिमालमा ५ दशमलव १९ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७६ वैशाखमा यी क्षेत्रमा क्रमशः ६ दशमलव शून्य ५ प्रतिशत, ४ दशमलव ९४ प्रतिशत, ४ दशमलव ९५ प्रतिशत र ६ दशमलव१३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब