एक नेपालीको टाउकोमा ४२ हजार रुपैयाँ ऋण

  • असार १०, २०७७ | ५२४ पटक पढिएको | सीमा संदेश
alt

नेपाल सरकारको ऋण झण्डै एक आर्थिक वर्षको वार्षिक बजेट बराबर पुगेको छ ।  संघीय सरकारको वेशाखसम्म तिर्न बाँकी खुद सार्वजनिक ऋण १२ खर्ब ६५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । आन्तरिक तर्फ ५ खर्ब ६१ अर्ब ५२ करोड र वैदेशिक ऋण ७ खर्ब ३ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । सरकारको ऋण बढ्नु भनेको प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार बढ्नु हो । सरकारको यस ऋणलाई आधार मान्ने हो भने अहिले प्रतिव्यक्ति ऋणको भार समेत बढ्छ ।

केन्द्रिय तथ्याङ्क विभागका अनुसार असार १० गतेसम्मको जनसंख्या १ करोड ९९ लाख ९८ हजार ५ सय ५६ लाख छ । यही जनसंख्या र अहिलेको सरकारको ऋणलाई भाग गर्ने हो भने एक नेपाली बराबर ४२ हजार १ सय ८५ रुपैयाँ ऋण पर्न जान्छ ।

तर, विज्ञहरु हालसम्म नेपाल ऋणको मामलामा कम्फर्ट जोन मै रहेको बताउँदै आएका छन् । विकसीत मुलुकमा यस्तो ऋण निकै बढी हुने गरेको छ । यद्यपि ऋण लिएर विकास निर्माण र उत्पादनमा लगाउन सके असर नगर्ने विज्ञहरुले भन्ने गरेका छन् । 

यस्तै सरकारले ऋण तिरेको पनि तथ्याङ्क छ ।  आन्तरिक ऋणतर्फ  २६ अर्ब ५५ करोड रुपैयाँ साँवा भुक्तानी गरेको सरकारले आन्तरिक ऋणको ब्याज १६ अर्ब ८७ करोड रुपैयाँ तिरेको छ । यसैगरी सरकारले बाहय ऋण तर्फ पनि केही साँवा तथा व्याज भुक्तानी गरेको छ । १२ अर्ब ९८ करोड रुपैयाँ साँवा र ३ अर्ब ३ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको अर्थमन्त्रालयले जनाएको छ । बाह्य अनुदान अंश खुम्चिदै गएको छ भने ऋणको अंश बढ्दै गएको छ । ऋणको अंश ८५.७ प्रतिशत छ भने अनुदानको अंश १४.३ प्रतिशत छ । सरकारलाई बैशाखसम्म अन्र्तराष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता १ खर्ब ४९ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । 

बाह्य ऋण कुनै देशको सरकारले अन्य देशका व्यक्ति, सरकार तथा वित्तीय संस्थाहरूसँग लिने ऋणलाई बाह्य ऋण भनिन्छ । नेपालले दोस्रो योजनादेखि बाह्य ऋण लिन थालेको हो । पहिलो योजनामा सम्पूर्ण विदेशी सहायता अनुदानका रूपमा प्राप्त भएको थियो । दोस्रो योजनामा कुल विदेशी सहायता ऋणको अंश १०.२ प्रतिशत थियो । तर पछिल्ला केही बर्ष यता अनुदानको अंश घटेको छ भने ऋणको अंश ह्वात्तै बढेको छ ।

वैशाखमा राजस्व १.४ प्रतिशतले खुम्चियो

कोरोनाका कारण आर्थिक गतिविधि ठप्प हुँदा सरकारको राजस्वमा संकुचन आएको छ । अर्थमन्त्रालयले चालु आर्थिक बर्षको वैशाखसम्ममा गतवर्षको यही अवधिको तुलनामा १.४ प्रतिशतले राजस्व खुम्चेको उल्लेख गरेको छ । गत वर्ष वैशाखसम्ममा ६ खर्ब ४८ अर्ब ६७ करोड रुपैयाँ राजस्व उठेको थियो भने यो बैशाखसम्म ६ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।  सरकार अहिले राजस्व नै कम उठेपछि खर्च जोहोमै समस्यामा छ ।

यस्तै करको दायरा समेत बढ्दै गएको छ । बैशाखमा १ लाख ८७ जार स्थायी लेखा नम्बर (प्यान) लिने थपिएका छन् । यो सहित हालसम्म स्थायी लेखा नम्बर लिनेको संख्या १३ लाख ६५ हजार ८ सय ९१ पुगेको छ । यता मूल्य अभिवृद्धिकरमा दर्ता भएका करदाता २ लाख ५६ हजार ३ सय १६ पुगेका छन् भने  अन्तशुल्कमा दर्ता हुने करदाताको संख्या ९७ हजार ८ सय ३३ पुगेको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब