१ सय ६८ किलोकी महिलाले जन्माइन् स्वस्थ शिशु

  • असार १४, २०७७ | ३१० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । नेपालकै प्रसूति इतिहासमा पहिलोपटक १ सय ६८ किलो तौल भएको बच्चा जन्मिएको छ । नर्भिक इन्टरनेसनल अस्पतालमा असार १० गते कलंकीकी मेरिना हमालले शल्यक्रियामार्फत २ दशमलव ९५ किलो तौल भएकी शिशुलाई जन्म दिनुभएको हो ।

बरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्माले सफलतापूर्वक ती महिलाको शल्यक्रिया गरी प्रसूति गराउनुभएको थियो । नवजात शिशु र आमाको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ । डा. शर्माको नेतृत्वको चिकित्सकीय टोलीले करिब एक घण्टा १० मिनेट लगाएर शल्यक्रिया गरेको थियो ।

असाधारण तौल र शारीरिक वनावटका कारण निकै कठिन भए पनि उच्च सावधानीपूर्वक ती महिलाको शल्यक्रियामार्फत प्रसूति गराइएको डा. शर्माले बताउनुभयो । सामान्यतः यति ठूलो तौल र शारीरिक बनोट भएका महिलाको शल्यक्रियामार्फत प्रसूति गराउनु आफैंमा निकै कठिन हुने चिकित्सकहरुको भनाइ छ ।

डा. शर्माले गर्भाधानको सुरुआती अवस्थादेखि नै ती महिलालाई उच्च जोखिम समूहमा राखेर उपचार गर्दै आएको बताउनुभयो । ‘यो सफलताले केवल मोटोपन मात्रै गर्भाधानको बाधक हुन सक्दैन भन्ने देखाएको छ’, डा. शर्माले भन्नुभयो– ‘जटिल र जोखिम अवस्थालाई पनि आधुनिक प्रविधि र दक्षताले सम्भव गराउन सकिन्छ भन्ने प्रमाणित गरेको छ ।’

लामो समयदेखि बाँझोपनको क्षेत्रमा उच्च जोखिमयुक्त बिरामीको उपचार गर्दै आएकाले पनि जटिल र जोखिमयुक्त प्रसूति सेवालाई सफलतापूर्वक व्यवस्थापन गर्न सकिएको डा. शर्मा बताउनुहुन्छ ।

नर्भिक अस्पतालले नेपालकै पहिलो रेकर्डका रुपमा रहेको जटिल खाले शल्यक्रियात्मक प्रसूति गराउन सफलता प्राप्त गरेकोमा डा. नूतन शर्मालाई बधाई दिँदै नवजात शिशु र आमाको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

बच्चा जन्माउनका लागि अस्पतालको नर्मल बेड सहज नहुने भएकाले अस्पतालले विशेष बेडको समेत व्यवस्था गरेको थियो । नवजात शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । यही अवस्थामा सुधार आएको खण्डमा उहाँलाई तत्कालै डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको जनाएको छ ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब