सलह कीरा धपाउन थाल र ड्रम ठटाउन कृषि मन्त्रीको आग्रह

  • असार १४, २०७७ | २३९ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा ।  प्रदेश २ सरकारले सलह किरालाई लिएर बढी संशय र चिन्ता नगर्न किसानसँग आग्रह गरेको छ ।

प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले प्रेस विज्ञप्ती जारी गर्दै किराले पुर््याउने हानी नोक्सानी नियन्त्रणप्रति सचेत र सतर्क रहन प्रदेशका सम्पूर्ण किसानसँग आग्रह गरेका हुन् ।

‘यी किरालाई बालीनाली र रुख बिरुवा भएका क्षेत्रबाट धपाएर चरन क्षेत्रमा पठाउन सकिए क्षति न्यूनीकरण गर्न सकिने हुँदा धपाउन थाल, ड्रम आदि ठटाउने जस्ता उपायका साथै विषादी छर्कन किसान दाजुभाइ दिदीबहिनीहरूको ध्यानाकृष्ट गराउन चाहन्छु,’ मन्त्री साहले जारी गरेको बिज्ञप्तीमा लेखिएको छ ।

अहिले किराको संख्या, फैलावट र क्षतिबारे यकिन गर्न नसकिए पनि यसको उपस्थिति न्यून रहेको र प्रदेश २ मा मनसुन सुरु भइसकेकाले यसको थप प्रवेश र फैलावट कम हुने विश्वास गरिएको मन्त्री साहले बताएका छन् । ‘मरुभूमि क्षेत्रमा यसको प्रकोप बढी हुने हुँदा नेपालमा भने यसको वृद्धि त्यतिसारो नहुने विज्ञको धारणा छ,’ विज्ञप्तीमा लेखिएको छ ।

सलह किराको नेपाल प्रवेश भएको सूचना प्राप्त हुनासाथ यस किराको उपस्थिति देखिएको क्षेत्रमा मन्त्रालयका सचिव डा.विमल निर्मलको नेतृत्वमा तेलबाली अनुसन्धान केन्द्र सर्लाहीका प्रमुख विशेश्वर यादव, प्रदेशका कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशकसहितको टोलीले स्थलगत अवलोकन गरेको थियो । सोही टोलीले नियन्त्रणका उपायबारे किसानहरूसँग अन्तक्रियासमेत गरेको विज्ञप्तीमा जनाइएको छ ।

त्यस क्रममा मन्त्रालयले सलह किरा नियन्त्रण गरी बालीनालीको क्षति रोक्न हरसम्भव मद्दत गर्ने प्रतिबद्धता जनाएको मन्त्री साहले बताएका छन् ।

मन्त्रालयले सरोकारवाला अन्तर्राष्ट्रिय तथा राष्ट्रिय निकाय र विज्ञहरूका सुझावका आधारमा सलह किरा नियन्त्रणका लागि कार्ययोजना बनाएको मन्त्री साहको भनाई छ ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब