सलह किरा नियन्त्रणका लागि सातवटै प्रदेशमा ‘टाक्सफोर्स’ गठन

  • असार १४, २०७७ | २५६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । नेपालमा देखिएको सलह किराको नियन्त्रणका लागि सरकारले प्रत्येक प्रदेशमा ‘टाक्सफोर्स’ गठन गरिनुको साथै विषादी छर्किनका लागि प्रदेशहरुमा दमकलको व्यवस्थापन गरेको छ ।

त्यसका साथै सलह किराको गतिविधिको बारेमा प्रत्येक एडभजाइरी राख्ने र त्यसको बारेमा जानकारी गराउन प्रत्येक दिन प्रेस नोट जारी गर्ने तयारी रहेको छ ।

घटनाबारे दैनिक अपडेट गराउन मन्त्रालयले सूचना केन्द्रको स्थापना गरेको छ । त्यसको जिम्मवारी प्लान्ट क्वारेन्टाइनबाट फोकल पर्सनका रुपमा रामकृष्ण सुवेदीलाई राखेको छ । उनले प्रदेश सरकारसँग समन्वय गरी सूचना संकलन गरेर त्यसलाई विभिन्न माध्यमबाट प्रवाह गर्ने व्यवस्था मन्त्रालयले मिलाएको छ ।

सलहको ठूलो झुण्ड आयो भने त्यसलाई नियन्त्रण गर्न गृहमन्त्रालयको पनि सहयोग लिने तयारी कृषि मन्त्रालयले गरेको छ र त्यसका लागि छलफल समेत गरेको छ ।

‘यदि परिस्थिति जटिल बन्दै गएमा गृहमन्त्रालयको विपद् व्यवस्थापन प्राधिकरणसँग सहयोग लिनुको साथै सुरक्षा निकायको पनि सहयोग लिनुपर्ने हुनसक्छ’ कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले भने ।

त्यसका लागि कृषि मन्त्रालयले आजै गृहमन्त्रालयसँग पनि छलफल गरेको उनले जानकारी दिए

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब