सिरहामा ८ प्रतिशत रोपाई मात्र, मलखाद्यको अभाव

  • असार १५, २०७७ | ४९५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

‘धान उत्पादनमा वृद्धि, आत्म निर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औँ धान दिवस मनाइँदैछ । १७ औँ धान दिवसको अवसरमा प्रदेश नम्बर २ का मन्त्रीहरुदेखि स्थानीय पालिकाका प्रमुखहरु समेत खेतमै पुगेर धान रोपेर रोपाई सुरु गरेका छन् ।

नेपालमा हुने कूल ४० प्रतिशत धान उत्पादन प्रदेश दुुईमा हुँदै आएको कृषि मन्त्रालयको तथ्यांक छ । पछिल्लो वर्ष यो प्रदेशमा १४ लाख २० हजार ४ सय ३६ टन धान उत्पादन भएको छ । प्रदेश दुईमा अहिलेसम्म १५.४ प्रतिशत धान रोपाई भएको प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रदेश दुईमा ४ लाख १ हजार ९ सय ६ हेक्टर खेतीयोग्य जग्गोमध्ये अहिलेसम्म ६१ हजार ९ सय २० हेक्टर जग्गामा धान रोपाई भएको मन्त्रालयका सूचना अधिकारी अविनाश झाले जानकारी दिए ।

सिरहामा कुल ५० हजार १ सय ९७ हेक्टर खेतीयोग्य जमिनमध्ये ५ हजार अर्थात ८.५ प्रतिशत मात्र रोपाई भएको छ । रोपाई कम हुनुको विभिन्न कारण किसानहरुले बताउँछन । कम रोपाईको प्रमुख कारण जनप्रतिनिधिहरुले कृषि क्षेत्रमा सामान्य बजेट विनियोजन, सिँचाईको समस्या तथा परम्परागत खेती प्रणालीमा निर्भरता हो । धेरै जसो स्थानियतहमा कृषिको सिँचाई अधुरो अवस्थमा रहेको छ । सरोकारवालासँग किसानका लागि सपना मात्र रहेको देखिन्छ । जसका कारण सिरहा जिल्लामा कृषि पेशा  कमजोर अवस्थामा हुदैँ गइरहेको छ ।

यसवर्ष समयमै पानी परेकोले किसानहरु खुसी हुनुका साथै धान उत्पादन पनि राम्रो हुनेमा आशावादी देखिएका छन् । मौसमले साथ दिएपनि मलको भने कही अभाव रहेको किसानहरुको भनाई छ । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ का संतोष कुमार यादबले जसोतसो धान रोपेपनि मलको चिन्ता कायमै रहेको बताए । ‘मलका लागि कृषि सामग्री कम्पनी लिमिटेड सधैं धाउने गरेका छौँ तर प्रत्येक वर्ष रित्तै हात फर्किन्छौँ, यस पटक पनि त्यसो नहोला भन्न सकिन्न’ उनको भनाई छ ।

खेतमा धान रोपेलगत्तै डीएपी मल आवश्यक पर्ने भन्दै उनले डीएपी पाउने आशामा साल्ट्र ट्रेडिङ र कृषि सामग्रीमा धाउने गरेपनि नपाउने गरेको किसान शम्भु कुमार यादबको गुनासो छ । गत वर्ष पनि धानको सिजनमा डीएपी नपाएका उनीहरुले यस वर्ष पनि आवश्यक परेका बेला जिल्लामा मल पाउने वा भारतीय बजारबाटै ल्याउनुपर्ने हो भन्नेमा दोेधारमा छन् । यस वर्ष कोरोना संक्रमणको कारण नाकामा पनि कडाई छ । ‘प्रत्येक वर्ष ४ विघा धान उत्पादन गर्दै आएको छु, तर मलको लागि प्रत्येक वर्ष परेशान हुुनुपर्छ, यस वर्ष पनि भारतीय बजारको भर पर्नुपर्ने समस्या देखिएको छ’, किसान तिलक महतोको अनुमान छ ।

मल र खाद्यको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनले गर्दै आएको छ । आपूर्तीको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनी र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहेपनि किसानहरुलेभने सहजै कुनै वर्ष पनि मल नपाएको गुनासो घट्न सकेको छैन ।

केही स्थानियतहहरुमा सहकारी र स्थानियतह सरकारको अनुमति प्राप्त पसलवालहरुले मलखाद्य ल्याएपनि बिलेक गरी बढी मूल्यमा विक्री वितरण गरिरहेका छन । तर यसलाई अनुगमन गर्ने निकायहरुका अतोपतो देखिदैन् । रोपाई सुरुसँगै मलखाद्यमा भईरहेको कालोबजारी पनि थप समस्या ल्याउने छ । सरोकारवालाहरु एक दिनका लागि खेतमा रमाईलो गर्नको साटो किसानका यि समस्या प्रति गम्भिर हुन जरुरी देखिन्छ । 

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब