देशभरमा ६० प्रतिशत खेतमा रोपाइँ

  • असार २५, २०७७ | २३६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । असार तेस्रो सातासम्म देशभर ६० प्रतिशत खेतमा रोपाइँ भएको छ ।

असार २२ गतेसम्म ८ लाख ३१ हजार ६ सय १२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सहसचिव हरिबहादुर केसीले जानकारी दिए । गत वर्ष यही अवधिमा जम्मा तीन लाख २६ हजार हेक्टरमा धान रोपाइँ भएको थियो ।

असार २२ गतेसम्म प्रदेशको २ लाख २९ हजार १४५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ, प्रदेश पाँचमा तीन लाख तीन हजार ५९३ हेक्टरमा क्षेत्रफलमा रोपाइँ गरिन्छ । प्रदेश ५ पनि ७५ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा रोपाइँ सकिने चरणमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशको कुल रोपाइँ हुन सक्ने ३८ हजार ३८५ हेक्टरमध्ये ३० हजार ६११ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

यस्तै सुदुरपश्चिम प्रदेशमा एक लाख २४ हजार ८९६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । त्यहाँ एक लाख ६४ हजार ६३९ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गर्छ ।

गण्डकी प्रदेशमा ५६.४९, बागमती प्रदेशमा ५२.०२, प्रदेश २ मा ५०.२२ र प्रदेश १ मा ५१.५४ प्रतिशत खेतमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । यस अवधिमा उच्च पहाडमा ५७.२४ प्रतिशत, मध्य पहाडमा ५६.१४ र तराईमा ६२.३८ प्रतिशत भूभागमा रोपाइँ सकिएको प्रवक्ता केसीले जानकारी दिए ।

नेपालमा कुल १३ लाख ७१ हजार ७०६ हजार हेक्टर जमिनमा धान रोपाइँ हुन्छ । अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशत बढी भूभागमा यस वर्ष छिट्टै धान रोपाइँ भएको हो । समयमै मनसुन सुरु हुँदा रोपाइँ छिट्टै भएको मन्त्रालयले जनाएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब