बन्दाबन्दीका बेला ८ सय ४३ जना महिला हिंसाको शिकार

  • असार २६, २०७७ | ८१० पटक पढिएको | सीमा संदेश
alt

अभिलेखीकरण भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी ५८ प्रतिशत अर्थात् ४ सय ९० वटा घटना घरभित्रकै सदस्यको संलग्नतामा भएको पाइएको छ । कोरोना संक्रमणका कारण भएको बन्दाबन्दीको समयमा ओरेक नेपालले गरेको पछिल्लो ३ महिनाको अनुसन्धानमा ८ सय ४३ जना महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखीकरण गरेको छ ।

हिंसा प्रभावितमध्ये सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका २ सय ५९ जना, २६ देखि ३५ वर्ष उमेर समूहका २ सय ३९ जना, १६ वर्षभन्दा कम उमेर समूहका १ सय ४३ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका १ सय ६ जना र बाँकी अन्य उमेर समूहका रहेका छन् । यस्तै गरी हिंसाका आरोपित व्यक्तिमध्ये २ सय ८४ जना २६ देखि ३५ वर्ष उमेर समूहका, १ सय ९७ जना ३६ देखि ४५ वर्ष उमेर समूहका, १ सय ८० जना १७ देखि २५ वर्ष उमेर समूहका, १ सय १२ जना ४६ वर्षभन्दा माथिका, ७ जना १६ वर्षभन्दा कम उमेरका र ८९ जना उमेर समूह थाहा नभएका रहेका छन् ।

घरेलु हिंसा प्रभावितले नै घर छोड्नुपर्ने, समयमा न्यायीक कारबाही नहुने, पीडकले पटक–पटक धम्की दिने, सामाजिकरूपमा लाल्छना खप्नुपर्ने, पारिवारिक र सामाजिक सहयोगको कमी हुने, बालबालिकाको पालनपोषणका लागि चुनौती खप्नुपर्ने जस्ता कारणले गर्दा अझ धेरै घटना बाहिर आउन नसकेको ओरेक नेपालले जनाएको छ ।

यसका लागि सरकारले घरेलु हिंसामा संलग्न व्यक्तिलाई कानुनी कारबाही र आवश्यकताअनुसार सुधार गृहमा राख्ने र प्रभावितलाई घरमा नै सुरक्षितरूपमा रहने वातावरण निर्माण गरी प्रभावितको शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनका लागि सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।

सिरहामा हावाहुरीसहितको वर्षाले उखु खेतीमा क्षति

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहि ...

असोज १० गते शनिबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १० गते । शनिबार । ...

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब