पाँचजना श्रष्टा विद्यापति पुरस्कारबाट पुरस्कृत

  • असार २७, २०७७ | ४४१ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । मिथिलीका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने पाँचजना श्रष्टालाई नेपाल विद्यापति मैथिली पुरस्कार २०७६ बाट पुरस्कृत गरिएको छ । विद्यापति पुरस्कार कोषले शनिबार जनकपुरमा एक कार्यक्रम आयोजना गरी मैथिली भाषा, कला संकृति, साहित्या लगायतको क्षेत्रमा योगदान दिने पाँच श्रष्टालाई दोसल्ला ओढाई नगद राशी र कदरपत्रसहित पुरस्कृत गरेको हो ।


यस वर्ष नगद दुईलाख रुपैयाँ राशी सहितको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार धनुषा रघुनाथपुरका चन्द्रशेखर उपाध्यायलाई प्रदान गरिएको छ । यस्तै नगद १–१ लाख रुपैयाँको मैथिली कला संकृति पुरस्कार धनुषाको धनौजीका लक्ष्मण मण्डललाई, मैथिली अनुसन्धान पुरस्कार सप्तरी राजगढका पत्रकार तथा साहित्यकार दिनेश यादवलाई प्रदान गरिएको छ । त्यस्तै मैथिली पाण्डुलिपी पुस्कार जनकपुरका पत्रकार तथा साहित्यकार उपेन्द्रभगत नागवंशी र मैथिली अनुवाद पुरस्कार सुन्सरीका शिवनारायण पण्डितलाई प्रदान गरेको हो ।


पुरस्कारहरु कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का प्रमुख तिलक परियारको हातबाट वितरण गरिएको छ । वि.स. २०६८ सालमा नेपाल सरकारले स्थापना गरेको विद्यापति पुरस्कार कोषले प्रत्येक वर्ष मैथिली कला संकृति, साहित्या, भाषा लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने पाँचजनालाई पुरस्कृत गर्दै आएको छ । एक जनालाई दुईलाख र चारजनालाई एक–एक लाख रुपैयाँको दरले पुरस्कार प्रदान गर्ने गरेको छ ।


कोष जनकपुरका अध्यक्ष रामसागर पण्डितको अध्यक्षत तथा प्रदेश प्रमुख परियारको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेकपाका नेता रामचन्द्र झा तथा मधेशी आयोगका अध्यक्ष विजय दत्त थिए । कार्यक्रममा कार्यक्रमको सञ्चालन कोषका सदस्य सचिव नविन मिश्रले गरेका थिए भने सहजीकरण कोषका सदस्य राजकुमार महासेठ र वृहत्तर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक बलराम ठाकुरले गरेका थिए ।

सिरहामा हावाहुरीसहितको वर्षाले उखु खेतीमा क्षति

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहि ...

असोज १० गते शनिबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १० गते । शनिबार । ...

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब