सिरहाको विभिन्न ठाउँबाट लागू औषधसहित २ जना पक्राउ

  • असार २९, २०७७ | ५८३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको विभिन्न ठाउँबाट लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको लहान नगरपालिका वडा नं. १ राष्टिय बाणिज्य बैंक अगाडी लोकमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको ON TEST १६० सि.सि. को अपाचे मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय लहानवाट खटिएको सादा पोशाकको टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक नवराजपुर गाउँपालिका ४ बस्ने वर्ष २० को रामपुकार शर्माको साथवाट लागू औषध बरामद गरी पक्राउ गरेको छ । उनको साथबाट डाइजिल्याब ४६ एम्पुल, फेनारागन ४७ एम्पुल, नोफिन ४६ एम्पुल गरी जम्मा १३९ एम्पुल र गक्त बरामद गरीएको छ ।

त्यसैगरी सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. ३ बरियारपट्टी बजार स्थितमा ईलाका प्रहरी कार्यालय बरियारपट्टीवाट खटिएको सादा पोशाकको टोलिले शंका लागी पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा बरियारपट्टी गाउँपालिका वडा नं. २ श्रीपुर बस्ने बर्ष २० को चन्दन कुमार यादबको साथबाट लागू औषध फेलापारी पक्राउ गरेको छ ।  उनको साथबाट अल्प्राजोल्याम ट्याबलेट १८०० पिस ९३० पत्ता० र पेन्टाजोसाईन २८६ एम्पुल फेला परेको छ ।

दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिईएको छ । 

सिरहामा हावाहुरीसहितको वर्षाले उखु खेतीमा क्षति

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहि ...

असोज १० गते शनिबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १० गते । शनिबार । ...

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब