अश्लील भिडियो बनाई पोष्ट गर्ने पक्राउ

  • असार २९, २०७७ | ४६८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई पक्राउ गरेको छ ।  ब्युरोको टोलीले अश्लील भिडियो बनाएर ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटमा राख्ने काठमाडौँ गोँगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले श्रेष्ठले साइबर अपराध गरेर अश्लील भिडियो पोर्न वेबसाइटमा राखेकाले पक्राउ गरिएको जानकारी दिए । अभियुक्त श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ को कसुरमा कारवाही गरिने ब्युरोले जनाएको छ । 

सिरहामा हावाहुरीसहितको वर्षाले उखु खेतीमा क्षति

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहि ...

असोज १० गते शनिबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १० गते । शनिबार । ...

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब