प्रहरीले विभिन्न अबैध गतिविधिमा संलग्न ४ जना पक्राउ र मलसामान बरामद

  • साउन ३, २०७७ | ३८७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । नेपाल प्रहरीले सिरहाको विभिन्न ठाउँबाट अबैध गतिविधिमा संलग्न ४ जनालाई पक्राउ गरेका छन् । लहान नगरपालिका वडा नं. ७ गणेश चौक स्थित ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी गस्ती टोलीले ज.१० प ४२१५ नं. को मोटरसाईकललाई चेकजाँच गर्दा अबैध रुपमा भन्सार छली गरी ल्याउदै गरेको लत्ता कपडा अन्दाजी मुल्य रु।.१,०६,५०० बराबरको कपडा सहित  धनुषा जनकपुर उपमहानगरपालिका वडा नं. ८ बस्ने वर्ष ३८ को बिनोद दास तत्मा समेतलाई पक्राउ गरेको छ ।

 कल्याणपुर नगरपालिका वडा नं. २ चतरी स्थित ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले बि.आर ७ एच. २२५३ नं.को मोटरसाईकललाई चेकजाँच गर्दा भारत बाट नेपाल तर्फ भन्सार छली गरी अबैध रुपमा लुकाई छिपाई ल्याउदै गरेको लत्ताकपडा अन्दाजी मुल्य रु. ४४,८०० बराबरको कपडा सहित सिरहा नगरपालिका वडा नं. १७ बस्ने बर्ष ३० को जितेन यादब समेत लाई पक्राउ गरेको छ ।

गोलबजार नगरपालिका वडा नं.  ४ स्थित बस्ने राम प्रमोद यादवको गुम्ती पसलको किराना सामानहरु अन्दाजी मुल्य रु.३५,०००। बराबरको सामान चोरीमा संलग्न चोरहरुको खोत तलास गर्दै जाँदा सामानहरु समेत बरामतसहित गोलबाजर नगरपालिका वडा नं. ६ बस्ने दिपेश थापा मगर, भरोसी कुमार यादवलाई  पक्राउ गरेका छन् । 

त्यस्तै भगवानपुर गाउँपालिका वडा नं. ३ मरिक टोल स्थित प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेकोपिलेट बनाउने पतरी २ रोल अंककी ।मुल्य रु २४,००० बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी भन्सार कार्यालय ठाडीमा बुझाईएको छ ।

गोलबजार नगरपालिका वडा नं.  ३ पतरिङगा खोला चुरे स्थित ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोली गस्ती गर्दै जाने क्रममा अपरिचित मानिसले प्रहरी टोलीलाई देख्नासाथ  बोरामा प्याकीङ गरी ल्याईरहेको २५ के.जी. लागु औषध गाँजा फाली फरार भएको हुँदा उक्त गाँजा नियन्त्रणमा फरार रहेको मनिसलाई खोजतलास कार्य भईरहेको छ ।

त्यसैगरी सुखिपुर नगरपालिका वडा नं.५ स्थित प्रहरी चौकी सिलौरापछवारीबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरुबाट अबैध रुपमासंचालन गरेको मदिरा भट्टी पसलबाट कच्चा पदार्थ ५५० लिटर र मदिरा बनाउन प्रयोग हुने भाडा वर्तन १९ थान सहित नियन्त्रणमा लिई स्थानिय जनप्रतिनिधिको रोवहरमा नष्ट गरीएको  छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब