कोरोनाको असरः साउनमा हरियो चुरा र पोतेको कमजोर व्यपार

  • साउन ३, २०७७ | १,०४१ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । साउन महिना लागेसँगै सिरहाको चुरा र पोतेको बजारमा छुटै रौनक हुन्थ्यो । हरियो चुरा र पोते किन्ने महिलाहरुले पसल भिडभाड हुन्थ्यो, पसलेहरुलाई भ्याइनभ्याइ हुन्थ्यो ।

साउन लागेसँगै हरियो नेपाली नारीहरुले चुरापोते लागाएर आफूलाई सजाउँछन् । त्यही भएर यो महिना हरियो चुरा, मेहेन्दी, हरिया वस्त्रको धेरै विक्री हुन्छ। ज्योतिषीहरुका अनुसार हरियो सौभाग्यको रंग मानिन्छ। साउनमा प्रकृति नै हरियाली हुन्छ। प्रकृति आफैँ पनि हरियो रंगले सिंगारिएको हुन्छ। साउनलाई मानिसले प्रकृतिसँग जोडिने महिनाकारुपमा पनि लिन्छन्।

 नेपाली समाजमा प्रकृतिको साथ रहेमा आफ्नो भाग्यमा पनि राम्रो प्रभाव पर्ने विश्वास गरिन्छ।  नेपालीले प्रकृतिलाई ईश्वरका रुपमा पूजासमेत गर्छन्। हरियो चुरा र साडीमा सजिएर महिलाले साउनभर प्रकृतिको पूजा गरिरहेका हुन्छन्। यसले महिलामा नयाँ ऊर्जा दिने र श्रीमानको आयु बढ्ने विश्वास रहेको रांजु यादबले बताईन्।  साउनमा हरियो पोशाकमा सजिँदा भगवान शिव प्रसन्न हुने धार्मिक उक्ति छ।

तर, कोरोनाभाइरसको महामारीका कारण यो वर्ष साउन महिनाको स्वरुप नै फेरिएको छ । यसअघि, भिडभाड हुने सिरहा बजरा, मर्चौया बजार, गोलबजार र लहान बजारका पसलहरुमा फाट्टफुट्ट पनि ग्राहकहरु देखिन्छन् । व्यापारी परमेश्वरी दासले भन्छ, ‘पहिलाको भन्दा धेरै नै कम व्यापार छ। मानिसहरु फाट्टफुट्ट मात्र आउने गर्दछन्। यसपालि कोरोनाले गर्दा अप्ठेरो भएको छ।’

108033590_624280641835638_3171481621123958513_n

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब