अयोध्यापुरी अनुसन्धानमा जुट्यो पुरातत्व विज्ञ टोली

  • साउन ५, २०७७ | २७० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि पुरातत्व विभागले अनुसन्धान शुरु गर्ने भएको छ । विभागले विभागकै पुरातत्व अधिकृतसहितको विशेष टोली माडी र ठोरी पठाउने भएको छ ।

प्रम ओलीले गएको असार २९ गते भानुजयन्तीको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा अयोध्या नेपालमै रहेको र भगवान् रामचन्द्र नेपालमै जन्मिएका हुन् भन्ने अभिव्यक्ति दिनुभएको थियो । प्रम ओलीले अभिव्यक्ति दिएपछि छिमेकी मुलुक भारतमा तरङ्ग उत्पन्न भएको थियो । सत्ताधारी दल भारतीय जनता पार्टीले उक्त अभिव्यक्तिप्रति खेद व्यक्त गरेको थियो ।

सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलगायत सबै दलले प्रम ओलीको अभिव्यक्तिको चर्को आलोचना गरेका थिए । परराष्ट्र मन्त्रालयले भारतलाई एक नोट पठाएर सो अभिव्यक्ति प्रम ओलीको व्यक्तिगत धारणा भएको उल्लेख गरेको थियो ।

प्रम ओलीको सो भनाइलगत्तै विभागले प्रमाण जुटाउन अनुसन्धान शुरु गरेको हो । सो क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले अनुसन्धान गरी प्रमाण जुटाउन पुरातत्व विभागलाई निर्देशन दिएको छ । विभागमा महानिर्देशक दामोदर गौतमसहितको टोली मन्त्रालयमा पुगेपछि मन्त्रालयले प्रमाण संकलन गर्न निर्देशन दिएको हो । गौतमको टोली असार ३० गते मन्त्रालय पुगेको थियो ।

मन्त्रालका उच्च अधिकारीसँगको छलफलमा महानिर्देशक गौतमले प्रारम्भिक अनुसन्धान गर्ने जिम्मा विभागको भएको भन्दै तत्काल टोली माडी र ठोरी खटाउने भन्नुभएको थियो । स्रोतका अनुसार विभागको टोलीले एक दुई दिनभित्र वाल्मीकि आश्रम, लवकुश जन्मिएको र सीता भासिएको स्थान, अयोध्यापुरी र अश्वमेघ यज्ञ भएको स्थानलगायतको बारेमा अनुसान्धान गर्ने तयारी गरेको छ ।

विभागका महानिर्देशक गौतमले विभागको काम अनुसन्धान गर्ने भएकाले सो विषयमा अध्ययन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले संस्कृतिविद्सँग छलफल गरिरहेका छौं, आवश्यक परे टोली खटाएर अनुसन्धान गर्नेछौं ।’

विभागले मुलुकको कार्यकारी प्रमुखले व्यक्त गरेको विषयमा गम्भीर अध्ययन गरिने जनाउँदै गोप्य रुपमा टोली गठन गरेको छ । विभागले केही प्रमाण नभेटिएसम्म अनुसन्धान फितलो हुने भन्दै सो पाटोलाई पूर्ण गोप्य राख्ने तयारी गरेको छ ।

हाम्रो काम अनुसन्धान गरी प्रमाण संकलन गर्ने हो, त्यसैले अहिले के भइरहेको छ भन्ने विषयमा जानकारी दिने अवस्था छैन । विभागले अहिले सो विषयमा प्रारम्भिक छलफल मात्र गरेको जनाउँदै आएको छ । अनुसन्धान र उत्खनन गर्ने काम विभागको भएपछि इतिहासको पत्ता लगाउने संयन्त्र नेपालसँग नभएकाले विदेशी निकायको सहयोग लिनुपर्ने हुन्छ ।

त्यस विषयमा समेत सरकारले विभिन्न निकायसँग छलफल अघि बढाउने तयारी गरेको छ । कति वर्ष पुरानो वा कस्ता संरचना रहेका छन् भन्ने विषयमा प्रयोगशालामा परीक्षण गर्नुपर्ने भएकाले विदेशीको सहयोय आवश्यक गर्ने विभागको भनाइ छ । विभागले इतिहासको ठोस प्रमाण र तिथिमिति तय गर्ने प्रयोगशाला नेपालमा छैन ।

सरकारले अयोध्यापुरीमा केही आधार भेटिएपछि विदेशी अनुसन्धानकर्ताको सहयोग लिने तयारी गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रमले व्यक्त गर्नुभएको विषयमा अध्ययन गर्न विभागलाई निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘तथ्य पत्ता लगाउने विषयमा विभागलाई निर्देशन दिइसकेका छौं, विभागकै तथ्यको आधारमा थप काम अघि बढाउनेछौं ।’

उता त्रिविअन्तर्गत केन्द्रीय संस्कृति विभागले पनि अनुसन्धान शुरु गरेको जनाएको छ । ‘हाम्रो नियमित कार्यक्रममा सो क्षेत्रको अनुसन्धान गर्ने विषय समेटेका छौं’ –विभागका प्रमुख प्रा. मदनकुमार रिमालले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

प्रमले विषय गम्भीर भएको भन्दै अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभएको उहाँको भनाइ थियो । उहाँले सो विषयमा विभागसँग कुराकानी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो विषयमा अनुसन्धान गर्न आवश्यक भएकाले हामी तयारी रहेका छौं ।’

उता माडी नगरपालिका र ठोरी गाउँपालिकाले सो विषयमा विभिन्न निकाय, संस्कृतिविद्सँग छलफल शुरु गरेको छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब