लकडाउनका बेला बेचबिखनमा परेका ४१ महिलाको उद्दार

  • साउन ५, २०७७ | २४३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । नेपालमा कोरोना महामारी शुरु भएपछि सरकारले लागू गरेको लकडाउनका बेला नेपाल तथा भारतको बिभिन्न स्थानबाट मानव बेचबिखन गर्न लगेका नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले ४२ जनालाई नियन्त्रणमा लिएको छ ।

ब्युरोले गत चैत २६ गते शिवरात्रीका दिन काभ्रे पनौतीकी १३ बर्षीया बालिकालाई जन्मदिन मनाइदिने भन्दै भारतको ओसानमा लगेर बिक्रि गर्ने इशा श्रेष्ठ लगायत दुई जनालाई पक्राउ गरी कारवाही अगाडि बढाएको छ ।

त्यस्तै लकडाउनकै बेला असार १७ गते भारतबाट तेस्रो मुलुक कुवेत, इराक र साउदीमा काम लगाईदिने भन्दै काठमाडौ, पोखरा, बुटवल, दाङ हुंदै नेपालगन्ज नाकाबाट भारतको नयादिल्लीस्थित बुरारी जोरदामा एउटा घरमा बन्धक बनाई राखेको अवस्थामा ब्युरोको समन्वयमा नेपाली देशभक्त आवाज र शान्ति पुनस्थापन केन्द्रको सहयोगमा ६ जना महिलालाई उछार गरेको थियो ।

त्यसैगरी भारतको मनिपुरबाट २१ जना नेपाली युवतीलाई बिभिन्न स्थानमा काममा लैजाने भन्दै बेचबिखन गर्न लान लागेको सुराकी पाएपछि उद्धार गरेको ब्युरोले जनाएको छ ।

त्यस्तै सोही समयमा नेपालमा नै आन्तरिक रुपमा बेचबिखनमा परेका १३ जना महिलाको उद्धार गरी पुनस्थापना गरेको पनि ब्युरोले जनाएको छ ।

नेपालमा नवलपरासीमा २, कैलालीमा २, सुनसरीमा २, कास्कीमा २, चितवनमा २, मकवानपुरमा १, बर्दियामा १ र बांकेमा १ जना गरी १३ जना बेचबिखन पीडितको उद्धार गरेको पनि ब्युरोले जनाएको छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब