पत्रिकाको ग्राहक बनिदिन्छु भन्दै बलात्कारः बच्चा जन्मिएपछि घटना सार्वजनिक

  • साउन ८, २०७७ | २२९ पटक पढिएको | सीमा संदेश
alt

भक्तपुर । रामेछाप खाँडादेवी गाउँपालिका–९ स्थायी घर भएका २२ वर्षीय राजेश भन्ने सुरेश भण्डारी मध्यपुरथिमिमा मासु पसल चलाउँथे ।  मध्यपुर थिमि नगरपालिका–४ मध्यपुर अस्पताल अगाडी रहेको पसलमा २०७६ जेठ २७ गते एक किशोरी आइन् । उनी पत्रिकाको ग्राहक बनाउँदै हिँड्थिन् । 

भण्डारीले ती १७ वर्षकी किशोरीलाई पत्रिकाको ग्राहक बनिदिन्छु पैसा कोठामा छ, भन्दै फकाई डेरामा लगेर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।  महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार भण्डारीले ती किशोरीलाई बलात्कार गरेपछि कोही कसैलाई भने मारी दिन्छु भनेर धाकधम्की दिए । 

पीडित किशोरीले जबरजस्ती करणी गरेको कुरा कोही कसैलाई भन्न नसकी चुपचाप बसेको र गर्भवती भई २०७६ माघ २६ गते बालकलाई जन्म दिइन् ।  २०७७ असार १४ गते जबरजस्ती करणी मुद्दामा पीडित किशोरीले जाहेरी दरखास्त दिएपछि प्रहरीले भण्डारीलाई पक्राउ गरेको सूचना अधिकारी गिरीले बताए । 

जबरजस्ती करणी मुद्दाको कसुर बमोजिम एक बर्षे हद म्याद भएता पनि कोभिड–१९ संक्रमणको कारण देशभर बन्दाबन्दी भएकाले भण्डारीलाई खोजतलास गर्दै जाँदा मंगलबार पक्राउ गरिएको प्रहरीको भनाई छ ।  पक्राउ परेका भण्डारीलाई जिल्ला अदालत भक्तपुर पेश गरेकोमा ७ दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ । 

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब