सशस्त्र प्रहरी जवान यादवको हत्यामा संलग्न तिन जना पक्राउ

  • साउन ८, २०७७ | २७६ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा शस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट माडरमा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका–३ मखनाहाका २२ वर्षीय बुलना भन्ने मुकेश कुमार यादव सोही ठाउँका २० वर्षीय मंगला भन्ने दिपेश कुमार यादव र २५ वर्षीय जवकेश कुमार यादव रहेका छन् । सशस्त्र प्रहरी जवान यादवको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरी बिहीवार प्रहरीले सार्वजनिक गरेको छ ।

असार १६ गते सिरहा नगरपालिका–१४ खिरौनास्थित रहेको नहरको पानीमा उनीहरुले सशस्त्र प्रहरी जवान यादवको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको सिरहा प्रहरीले जनाएको छ।‘ एक विवाहमा भएको सामान्य विवादको क्रममा चोर–चोर भन्दै ३ किलोमिटरसम्म लखेटेर जवान यादवको हत्या गरेको पाइएको छ। 

उनीहरुलाई प्रदेश प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालय सिराहको संयुक्त टोलीले पक्राउ गरेको बताइएको छ ।’पक्राउ परेका तीजै जनामाथि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब