वीरगञ्जमा शनिवारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा

  • साउन ९, २०७७ | २१० पटक पढिएको | सीमा संदेश
alt

वीरगञ्ज । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । भोलि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा निषेधाज्ञाको माग चौतर्फी रुपमा आइरहेको थियो । प्रशासनले शुक्रबार राजनीतिक दलसँग छलफल गरेपछि निषेधाज्ञा लगाउने निर्णयमा पुगेको हो ।

वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेक अन्य काममा सर्वसाधरणलाई घर बाहिर निस्कन प्रतिवबन्ध लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

निषेधाज्ञा लगाइएको समयमा मास टेस्टिङको काम पनि अघि बढाउने निर्णय भएको छ । सहायक प्रजिअ बस्नेतका अनुसार सुरुमा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिनेछ । उनीहरुको पीसीआर परीक्षणपछि जोखिमपूर्ण स्थानमा चेकजाँच गर्ने निर्णय भएको छ ।

पीसीआर परीक्षण बढेपछि संक्रमितको संख्या बढ्दै जान सक्ने हुनाले क्वारेन्टिन, आइसोलेनसमा सबैलाई राखेर सम्भव नहुने निष्कर्ष बैठकले निकालेको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका मानिसहरुको घरमा होम क्वारेन्टिन सम्बन्धी मापदण्ड पुग्छ भने घरमै बस्न दिने निर्णय समेत बैठकले गरेको छ । तर त्यसका लागि स्थानीय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा रहनुपर्ने शर्त राखिएको छ ।

‘संक्रमित भेटिएको ठाउँमा सिल गर्ने, होम आइसोलेसनमा राख्ने । उद्योग प्रतिष्ठानलाई सिल गर्ने उनीहरुलाई त्यहीँ आइसोलेटेड गर्ने,’ उनले भने, ‘त्यसको निगरानी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह र जनप्रतिनिधिले गर्ने भन्ने निर्णय भएको छ ।’

मास टेस्टिङका क्रममा फेला परेका लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने, लक्षण देखिएकोलाई मात्रै अस्थायी कोभिड अस्पतालमा लैजाने र आईसीयू र भेन्टिलेटरको थप व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको बस्नेतले बताए ।

अन्य जिल्ला र भारतबाट आवागमनमा पूर्ण निषेध

वीरगञ्जमा अब अन्य जिल्लाबाट र विशेषगरी भारतबाट आउन पूर्ण प्रतिबन्ध लगाइएको छ । विशेषगरी छिमेकी मुलुक भारतको बिहारमा संक्रमितको संख्या बढ्दै गएकोले यस्तो निर्णय गरिएको हो ।

‘भारतबाट पूर्ण रुपमा प्रवेशमा रोक लगाइएको छ । सुरक्षा निकायहरुले गस्ती पट्रोलिङ बढाउने, लु्कीछिपी प्रवेश गरेकालाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्ने निर्णय भएको छ,’ बस्नेतले भने, ‘ नेपाल प्रहरी र सशस्त्र प्रहरीले नसकेको ठाउँमा सेना समेत परिचालन गर्ने निर्णय गरेका छौं ।’

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब