सप्तरीमा विष सेवन गरेका व्यक्तिमा कोरोना पुष्टि

  • साउन ९, २०७७ | ४८९ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी । सप्तरीमा विष सेवनपछि अस्पतालमा उपचारका लागि ल्याएका एक व्यक्तिमा काेरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत तिलाठी कोइलाडी गाउँपालिकाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुई दिनअघि बुधबार अस्पताल भर्ना भएका ती पुरुषको तत्कालै स्वाब लिएर परीक्षण गरिएको थियो । उनको रिपोर्ट शुक्रबार आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए । ती पुरुषको आकस्मिक कक्षमा उपचार भइरहेको उनले बताए ।

अस्पतालमा उपचाररत ती पुरुषमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा प्रवेश निषेध गरिएको छ ।

संक्रमण पुष्टि भएका व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका चिकित्सक, कुरुवासहितका अन्य व्यक्तिहरुको पहिचान गर्न १२ बजे रातिसम्मका लागि अस्पताल परिसरमा प्रवेश निषेध गरिएको डा. झाले बताए ।

योसँगै शुक्रबारसम्म सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय १९ पुगेको छ ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब