विश्वभर ६ लाख ४२ हजार ६८८ को मृत्यु, ९७ लाख २३ हजार ९४९ कोरोना मुक्त

  • साउन १०, २०७७ | २६७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर ६ लाख ४२ हजार ६८८ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड ५९ लाख ४० हजार ३७९ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ९७ लाख २३ हजार ९४९ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा एक लाख ४८ हजार ४९० जनाको मृत्यु भएको छ भने ४२ लाख ४८ हजार ३२७ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ८५ हजार ३८५ जनाको मृत्यु भइसकेको छ भने २३ लाख ४८ हजार २०० जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

यस्तै, भारत ३१ हजार ४०६, इटलीमा ३५ हजार ०९७, स्पेनमा २८ हजार ४३२, फ्रान्समा ३० हजार १९२, इरानमा १५ हजार २८९, बेल्जीयममा ९ हजार ८१२, जर्मनीमा ९ हजार २०१, नेदरल्याण्डमा ६ हजार १३९, टर्कीमा ५ हजार ५८०, स्वीजरल्याण्डमा १ हजार ९७७ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा १८ हजार ३७४ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने ४४ जनाको मृत्यु भइसकेको छ । यस्तै, १२ हजार ९४७ जना संक्रमित कोरोनामुक्त भएपछि डिस्चार्ज भएका छन् ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब