राजविराज इजलासमा कार्यरत न्यायाधीशमा पनि कोरोना संक्रमित

  • साउन ११, २०७७ | २७४ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी । सप्तरीमा एक जना न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार एक जना न्यायाधीश, एक जना प्रहरीसहित सात जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

यसअघि उच्च सरकारी वकील कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो । ४३ बर्षीय उनमा तीन दिन अगाडि संक्रमित देखिएका थिए । उनी संक्रमित देखिएपछि सरकारी वकील कार्यालयका साथै अदालतका न्यायाधीश र कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो । अन्यको रिपोर्ट भने आउन बाँकी छ ।

आइतबार राजविराजस्थित वडा प्रहरी कार्यालयका एक जना २३ बर्षीय जवान पनि संक्रमित देखिएका छन् ।

यस्तै, तिरहुत गाउँपालिका वडा नम्बर २ का ३९ वर्षीय पुरुष, वडा नम्बर ३ का ३८ बर्षीय, वडा नम्बर ४ का २६ वर्षीय, वडा नम्बर ५ का २८ वर्षका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब