प्रेमिका बलात्कार गरेको अभियोगमा प्रेमी पक्राउ

  • साउन ११, २०७७ | २२५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की छन् ।

महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माका अनुसार परिवारले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको हो ।

शर्माका अनुसार घटना १२ असारको हो । कार्की परिवारले भने पीडित भनिएकी किशोरी उनको प्रेमिका भएको जनाएको छ । फेसबुकबाट भएको चिनजान बढ्दै जाँदा शारीरिक सम्बन्ध पनि भएको कार्कीको भनाइ छ ।

तर, सहमतिमै भए पनि १८ वर्षमुनि भएको शारीरिक सम्बन्धलाई कानूनले अपराध मानेको छ । त्यसैले मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब