सिरहा । सिरहाको धनगढीमाई नगरपलिका १ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
छोराको जन्म दिन मनाउन भगवानलाई अगरवत्ती देखाउन गएको बेला देउता घरमा २५ वर्षीया राजकुमारी यादवलाई करेन्ट लागेर मृत्यु भएको हो ।
जेठो छोरा पाँच वर्ष पुगेको खुशियालिमा सबेरै खाना बनाई भगवानलाई अगरबति बाल्न देउता घर गए पछि करेन्ट लागेको हो । करेन्ट लागर लडे पछि मात्र घरको मान्छेलाई थाहा भयो स्थानिय विदेशी यादवले बताए । मृतककी एक छोरा पाँच वर्ष र एक छोरी डेढ वर्ष गरी दुई बच्चा रहेको स्थानिय यादवले बताए ।
शवलाई पोष्टमार्डम राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा गराई आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved