सिरहा । प्रदेश २ मा कोरोना संक्रमित र मृतकको संख्या बढिरहे पनि सिरहाको नवराजपुर गाउँपालिकाका सर्वसाधरणले सतर्कता अपनाएका छैन्। साउनको दोस्रो सोमवार नवराजपुर गाउँपालिका वडा न. ३ को शिवालयहरुमा दर्शनार्थीहरु सतर्कता नअपनाइ डिजे डान्समा मगन देखिएका छन्।
सरकारले भिडभाड नगर्न र मास्क अनिवार्य लगाउन आग्रह गरे पनि उनीहरुले बेवास्ता गरेका छन्। यता सिरहा जिल्ला प्रशासन कार्यालयले डिजे साउण्ड बजाउन प्रतिबन्ध गरेपनि स्थानिय प्रशासनले निर्देशन कार्यन्वयन नगरीरहेको उदाहरण पनि हो ।
आइतबार गृह मन्त्रालयले ७७ जिल्लाकै प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी मास्क नलगाउनेलाई कारवाही गर्न निर्देशन दिएको थियो। तर, मठमन्दिरमा विनामास्क, भिडभाड गरेर पूजापाठ गरे पनि सम्बन्धित निकाय मौन रहेको छ।
प्रदेश २ मा अहिलेसम्म कोरोना संक्रमण्बाट १२ जनाको मृत्यु भइसक्यो । हजारौं संक्रमित आइसोलेशनमा उपचाररत छन् । कोरोनाको संक्रमित झन झन बढ्दै गएको बेला सर्वसधारण सचेत देखिदैन ।



Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved