क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि

  • साउन १३, २०७७ | २९० पटक पढिएको | सीमा संदेश
alt

बर्दिया । बर्दियामा क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका एक जानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अछाम घर भएका ४३ वर्षीया पुरुषमा कोरोना संक्रमण भएको हो ।

ती व्यक्तिले आइतबार राति तन्नाको पासो लगाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेले बताएका छन् ।

९ साउनमा छिमेकी मुलुक भारतबाट आएर बर्दियाको भुरिगाउँस्थित आफन्त कहाँ पुगेका थिए । तर, आफन्तले क्वारेन्टाइनमा बस्नुपर्ने भनेपछि उनी त्यहाँबाट हिँडेका थिए ।

आफन्तको बाट निस्किएका उनी बाटोमा अचेत अवस्थामा फेला परेका थिए । त्यसपछि उनलाई ठाकुरबाबा नगरपालिकाले कवरेन्टाइनमा राखेको थियो ।

उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार बेलुका पीसीआर रिपोर्ट पोजेटिभ आएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले बताए ।

पीसीआर रिपोर्ट नआउँदासम्म उनको शव झुन्डिएकै अवस्थामा थियो । रिपोर्ट आइसकेपछि उनको शव सेनाले व्यवस्थापन गरेको उनले बताए ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब