सांसद प्रदिप यादवलाई पनि कोरोना संक्रमण

  • साउन १७, २०७७ | २०४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवमा कोरोना संक्रमण देखिएको छ । पिसिआर परिक्षण गराउँदा आफुमा संक्रमण पुष्टि भएको सांसद यादवले फेसबुकमार्फत जानकारी गराएका छन्।
मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु, उनले फेसबुकमा लेखेका छन्।

उनले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन्। साथै उनले आफू छिट्टै निको हुने र फेरी जनताको काममा फर्किने जनाएका छन्।

उनले पछिल्लो समय वीरगन्जमा संक्रमणको जोखिम बढेको र त्यहाँ आवश्यक भेन्टिलेटर र विज्ञ टोलीसमेत खटाउन सरकारसमक्ष अनुरोध गरेको जनाए।

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई पनि बिहीबार बिहान संक्रमण पुष्टि भएको थियो। उनी पनि काठमाडौंस्थित आफ्नो निवासमा आइसोलेसनमा बसिरहेका छन्। उनको मेडिसिटी अस्पतालमा परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको थियो।

मेयर सरवागी गत सोमबार एक कार्यक्रममा सहभागी हुन वीरगन्जबाट काठमाडौं आएका थिए।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब