सिरहा । इद- उल- अजहाको शुभ उपलक्ष्यमा मुस्लिम र हिन्दू संयुक्त युवाहरुले बाटो हिडने यात्रुलाई ४ सय माक्स वितरण गरेको छ ।
बिना माक्स बाटो हिडिने यात्रुलाई दिनेश यादब, समिर राइृन, वासिम खान, सुरेश यादब र श्रवन यादबको टोलीले माक्स वितरण गरेका छन। इद उल अजहामा मुस्लिम समुदायिले दान दिने चालन छ । तर यि युवाहरुलाई विश्व भरी महमारी रुपमा फैलिरहेको कोरोना भाइरसबाट आफ्नो समुदायिलाई सुरक्षि बनाउन जनचेतना र माक्स वितरण गरेको हो ।
सडकबाटोमा चेक जाँचमा खटिएका नेपाल प्रहरीलाई पनि आम नागरिकहरुलाई फाइन तिराउनु भन्दा जनचेतना दिईए पालन गर्ने सुझाव पनि दिनु भयो । युवाहरुका प्रोपकारी कार्य देखेर बाटो हिडने बटुवाले खुशी हुदै कोरोना भाइरस नियन्त्रणका लागि सहयोग र भुमिका खेलने प्रतिवद्धता पनि गरे ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved