‘क्रसर ’ ले खनेको गहिँरो खाल्डोमा डुबेर २२ वर्षीय युवकको मृत्यु

  • साउन २२, २०७७ | २९७ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका १ स्थित बसही खोलामा मापदण्ड विपरित ‘क्रसर डन’ ले खनेको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

मापदण्डलाई धज्जी उडाउँदै स्थानीय जनप्रतिनिधि, प्रहरी, प्रशासन लगायतको मिलिमतोमा गिट्टी, बालुवा खन्ने क्रममा खोला छेउमै खनेको गहिरो खाल्डोमा नुहाउन पुगेका मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजका २२ वर्षीय अनिल कुमार महतोको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नुहाउने क्रममा पानीमा डुबेका महतोलाई करिव एक घण्टापछि स्थानीयहरुले पानीबाट गम्भीर अवस्थामा उद्धार गरेका थिए । एम्बुलेन्सबाट रमदैयास्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लिएर जाँदै गर्दा बाटोमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

मृत्तक युवक आफ्नो आमाबुवासँगै पोखरामा बसेर अध्ययन गर्दै आएका थिए । तर कोरोना संक्रमणका कारण कलेज बन्द भएपछि घर फर्केर बस्दै आएको बताइएको छ ।

खोला छेउमा स्काइभेटर लगाएर मापदण्ड विपरित ग्रावेल उत्खनन् गरेको खाल्डो पोखरीमा परिणत भएपछि स्थानीयहरु त्यसमा नुहाउन जाने गरेका छन् । सोही क्रममा अनिल समेत नुहाउन पुगेका थिए । तर खाल्डो धेरै गहिँरो रहेकाले डुबेर उनको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनी डुबेको करिव एक घण्टापछि मात्र उनको गम्भीर अवस्थामा उनको शव भेटिएको थियो ।
शव भेटेको अनिललाई बचाउन नसकिएको उनीहरुको कथन छ । ठूलो र गहिँरो खाल्डो रहेका कारण अनिललाई बचाउन दर्जनौ स्थानीयहरुले पानीमा घण्टौ खोजी गरेपछि भेटाएको थियो ।

अनिलको मृत्युपछि अहिले सो टोल शोकमा डुबेको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको बताइएको छ । स्थानीयहरुका अनुसार यसअघि बुधवार समेत सोही खाल्डोमा नुहाउने क्रममै डुब्न लागेका एक युवकलाई स्थानीयहरुले उद्धार गरेका थिए ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब