सिरहा । सिरहा नगरपालिकाले कोभिड- १९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च भएको विवरण सर्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले सर्वजनिक गरेको १२ स्थानियतहको खर्च एकमुष्ट भएकोले अनियमित ढाक छोप गर्ने गरी सर्वजनिक गरेको चर्चालाई निषेध पार्न सिरहा नगरपालिका स्पष्ट रुपमा क्रियाकलाप अनुसार खर्च विवरण सर्वजनिक गरेको छ ।
नगरपालिकाबाट माक्स खरिदमा रु. २० लाख २ हजार ९ सय ९७, थर्मगन रु. १५ हजार ७ सय ५३, ग्लोव्स रु. ६८ लाख ८ हजार ८ सय, सेनिटाइजर रु. १४ लाख १ हजार ९७, सावुन रु. १७ लाख २ हजार १ सय ९५, पि.पि.ई. रु. ९१ लाख ८ हजार ४ सय ९१, किटनाशक औषधि छरिर्ने स्प्रे रु. ५ हजार, रेनकोट रु.१९ लाख ३ हजार, रेनवुट रु.३१ लाख २ हजार १ सय ५०, डस्ना रु. ४५ लाख ५ हजार ८ सय ५०, बेड रु. २५ लाख ९ हजार ४ सय, झुल सुपानेट रु. ३ लाख ३० हजार, तन्ना रु. ४ लाख ५० हजार ३ सय ७५, तकिया रु. २० लाख ८ हजार ९ सय ५०, तकिया खोल रु. ३१ हजार ९ सय २५, कम्बल रु. ४ लाख २४ हजार ५ सय ७५, स्प्रीट रु. २ हजार ६ सय, बिधुतिय सामाग्री रु. ६ लाख ५६ हजार ६ सय २५, खानेपानि धारासामाग्री खरिद रु. २ लाख ५८ हजार ६ सय ५१, फलामे खाट रु. ११ लाख ९४ हजार ६ सय ८५, किटनाशक औषधी छरिने स्प्रे ठुलो रु. १ लाख ४९ हजार ७ सय २५, क्वारेन्टाइन बस्नेको खाना, नास्ता र चिया रु. ३१ लाख ८३ हजार ५ सय, जोखिम भता रु. १३ लाख ५४ हजार, लामखुट्टे औषधि खरिद तथा छरकिने कार्य र सरसफाई रु. १७ लाख ५० हजार खर्च रहेका छन ।
त्यसैगरी वडाबाट वडा नं. १ देखि २२ सम्म रहात वितरण रु. २ करोड ७७ लाख ७९ हजार ४ सय, वडा नं. १ देखि २२ सम्म माक्स , सेनिटाइजर, साबुन, ग्लोव्स वितरण रु.१ कारोड ४ लाख ८४ हजार ९ सय १६ खर्च रहेका छन ।
जिल्लाको सबभन्दा बढी जोखिम क्षेत्रका रुपमा रहेको सिरहा नगरपालिकाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि युद्ध स्तरमा नै भुमिक खेलेको छ । सम्पादन गरिएका कार्यको प्रभाव पनि नगरपालिकावासीले अनुभुती पनि गरेका छन । अन्य स्थानियतहमा जोखिम थोरै कम भएपनि सिरहा नगरपालिका भारतको सीमा नाकासँग जोडिएकोले जोखिम कायमै रहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका आफ्नो भुमिका पारदर्शि र जवाफदेहितालाई प्राथमिकतामा राखि अगाडी बढिरहेको छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागि समुदायि स्तरबाट आएका सुझावलाई पनि हामी नेपाल सरकारको निर्देशिकालाई पालन गरी कार्यन्वयन गर्न तयार रहेको र सुझाव दिन हुन अनुरोध सिरहा नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादबले गर्नु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved