तस्कर प्रकाउ गर्न रौतहटमा १५ राउण्ड हवाइ फायर

  • साउन २९, २०७७ | ३१४ पटक पढिएको | सीमा संदेश
alt

रौतहट । भारतबाट तस्करी गरेर अवैध रुपमा ल्याउदै गरेको राँगा भैंसी नियन्त्रणमा लिन प्रहरीले रौतहटमा हवाइ फायर गरेको छ ।

भारतीय सीमा जोडिएको रौतहटको राजपुर नगरपालिकाको कुडिया बजारमा चोर बाटोबाट ल्याइएका ५८ वटा राँगाभैंसी नियन्त्रणमा लिन गएको नेपाल प्रहरी र स्थानीयबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउँछ भन्ने थाहा पाएपछि स्थानीयले अवरोध गरेका हुन् ।

स्थानीय वासिन्दा र भैंसी व्यापारीले प्रहरीको काममा अवरोध गर्दै ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास र १५ राउण्ड हवाइ फायर गरेको खड्काले जानकारी दिए । स्थानीयसँगको झडप हुँदा तस्कर समूहले राँगा भैंसी धपाउदै अन्यत्र लगेको र प्रहरीले फेला पार्न नसकेको उनले बताए ।

सीमा नाकामा कडाइ गरेका बेला रौतहटमा तस्कर समुहले भने भारतबाट अवैध रुपमा राँगाभैंसीलगायत विभिन्न् वस्तुको निर्वाध तस्करी गरिरहेका छन् ।

सिरहामा हावाहुरीसहितको वर्षाले उखु खेतीमा क्षति

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहि ...

असोज १० गते शनिबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १० गते । शनिबार । ...

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब