अनुदानको मल बढी मुल्यमा बेच्ने दुईजना व्यापारी पक्राउ

  • साउन ३०, २०७७ | ४५६ पटक पढिएको | सीमा संदेश
alt

बारा । बारामा अनुदानको मल बढी मुल्यमा बेच्ने दुई जना व्यापारीलाई प्रहरीले पक्राउ गरेका छन् ।

अनुदानको मल बढी मुल्यमा बिक्री गर्ने बाराको कलैया उपमहानगरपालिका १ राजदेवी टोलस्थित कुशवाहा बिज भण्डारका संचालक कलैया १७ बस्ने ३४ बर्षिय मुरारी साह तेली र श्री आसकामिनि माई कृषि सहकारी संस्था कलैयाका कर्मचारी कलैया १ मा बस्ने धनन्जय प्रसाद साहलाई पक्राउ गरेको हो ।

उनीहरु दुवैजनाले आफ्नो सहकारीको नाममा साल्ट ट्रेडिङ्ग वीरगंजबाट अनुदानमा मलखाद खरिद गरि तोकिएको मुल्यभन्दा बढी मुल्यमा मल बिक्री गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुसहित सहकारीको गोदामबाट साल्ट ट्रेडिङ्ग वीरगंजबाट खरिद गरेको युरिया मल १९ बोरा, सल्फेट १४ बोरा र भारतीय युरिया मल २२ बोरा गरी ५५ बोरा मलसमेत बरामद गरेको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारवाही गरिने मिश्रले बताए ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब