फोनमा कुरा गर्दागर्दै छतबाट खसेर मृत्यु

  • भदौ १, २०७७ | ३७५ पटक पढिएको | सीमा संदेश
alt

बुटवल । रुपन्देही, कपिलवस्तु, दाङ र बर्दियामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षका विकास जैसवालको आफ्नै घरको तीन तल्ला माथि छतमा फोनमा कुराकानी गर्दागर्दै खसेर मृत्यु भएको छ ।

छतबाट खसेर गम्भीर घाइते जैसवालको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे रुपन्देही प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

यस्तै दाङको गढवा गाउँपालिका १ रंसिङखोलामा स्थानीय ३२ वर्षका बेगम कामी कपडा धुन गएको अबस्थामा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै बर्दियाको गुलरिया नगरपालिका ८ आशापुरका सञ्जयप्रसाद लोधका एक वर्षका छोरा खेल्ने क्रममा घर नजिकै रहेको पानी जमेको खाल्टोमा डुबेर मृत्यु भएको छ ।

कपिलवस्तुको मायादेवी गाउँपालिका ८ सानो नन्दनगर बस्ने वर्ष ७० का हरिराम पासीको कुटपिटबाट मृत्यु भएको छ ।

स्थानीय २० वर्षका सोनु पासी र सोही ठाउँका वर्ष २२ का अनिल चमारबीच पानीको नाला सफा गर्ने विषयलाई लिएर झगडा तथा कुटपिट हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा ६० वर्षकी शुभावती पासी र २० वर्षका सोनु पासीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

सिरहामा हावाहुरीसहितको वर्षाले उखु खेतीमा क्षति

सिरहा । विगत दुई दिनदेखिको लगातार रूपमा परेको वर्षा सहि ...

असोज १० गते शनिबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १० गते । शनिबार । ...

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब