माछा मारेको विषयमा दुई गाउँलेबीच विवाद, १३ राण्उड हवाई फायर र ६ सेल आश्रु ग्यास प्रहार

  • भदौ १, २०७७ | ३८२ पटक पढिएको | सीमा संदेश
alt

बारा । बारामा कुलो थुनेर माछा मारेको विषयमा दुई गाउँलेबीच विवाद हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर र ६ सेल आश्रु ग्यास प्रहार गरेको छ ।

सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वावासीबीचको विवाद उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन पहिले आश्रुग्याँस र हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

झडपको क्रममा दुवैपक्षका ९ जना सर्वसाधारण र चार जना प्रहरी घाइते भएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

ढुंगामुढा र लाठी प्रहारबाट घाइते भएका सबैको अवस्था समान्य रहेको उनले बताए । उनका अनुसार घाइतेहरुको स्थानीय स्वास्थ्यचौकी तथा क्लिनिकमा उपचार भइरहेको छ ।

पटेर्वातिरबाट बगेर आएको कुलो भगवानपुरका स्थानीहरुले थुनेर माछा मार्न थालेपछि दुबैपक्षबीच विवाद सुरु भएको थियो ।

‘माछा त मार्ने नै भयो डुबान पनि हुने भएकाले त्यो विषयमा विवाद सुरु भएपछि पटेर्वाका वडाध्यक्षसहितको टोली त्यहाँ पुगेका थिए । विवादको क्रममा ढुंगामुढा लागेर वडाध्यक्ष घाइते भए,’ डीएसपी मिश्रले भने, ‘हाम्रो वडाध्यक्षलाई कुट्यो भनेर पटेर्वा गाउँका मानिसहरु उठेर आए । यता भगवानपुरका मानिसहरु पनि उठेर आएपछि दोहोरो झडप सुरु भयो ।’

विवादले उग्ररुप लिएपछि भगवानपुर बजारमा दुइतर्फी लाठी, भाटा र ढुंगामुढा प्रहार हुनथालेपछि प्रहरीले अवस्था साम्य पार्न हवाई फायर गरेको उनको भनाई छ ।

अहिले त्यहाँको अवस्था समान्य रहेको र घटना समबन्धमा थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब