पिडित खातुन न्याय खोज्दा उल्टै मुद्दामा परिन्

  • भदौ ३, २०७७ | ६१७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । विवाह भए लगत्तैदेखि पतिसहित सासू, ससुराबाट लगातार हिंसाको सिकार बनेकी २६ वर्षीया महिला माइतीमा आश्रय लिएर न्यायको लागि भौँतारिरहेकी छिन् । लहान नगरपालिका– ९ खुट्टीपारि ससुराली भएकी मुन्नी खातुनले साढे तीन वर्षीया छोरीलाई बोकेर कहिले समाज, कहिले वडा कार्यालय त कहिले न्यायिक समितिमा धाउँदाधाउँदा मानसिक तनाव झेल्नु परिरहेको दुखेसो पोखेकी छिन। पति र ससुराले ‘गाउँसमाज, वडा कार्यालय र नगरको न्यायिक समितिको निर्णय पनि उल्लंघन गरेपछि नाबालिका छोरीको लालनपालन गर्नसमेत समस्या भोगी रहेकी मुन्नीले बताइन। 

मिति २०७३ साल जेठ १९ गते बुधबारका दिन मुस्लिम परम्परा अनुसार लहान– ९ का मुर्तुजा मियाँका छोरा मो. सदाम सँग विवाह भएकी खातुनले डेढ महिनाको गर्भवती अवस्थामा घरबाट निकालिएको बताइन् । विहे हुनु भन्दा अगाडीदेखि नै पति सदाम कोल्टेबासकी एक जना केटि संग अनैतिक सम्बन्ध राख्दै आएको र विवाह पश्चात पनि सोहि केटि संग अनैतिक सम्बन्ध राखी रहेको थाहा पाए पछि पटक -पटक सम्झाउदा पनि तिमि संग मेरो आमा बुवाले घरको काम गर्न र दाइजोको लागि विवाह गराएको हो" भन्दै पतिले कैयौँपल्ट कुटपिट गरे,’ उनले भनिन्, ‘विवाह भएको हप्ता दिन नबित्दै प्रेमिकालाई लिएर घुम्न जाने ,रात रात भर घरमा नआउने , रात भरि कहा हुनु हुन्थ्यो भनि सोध्दा कुटपिट गर्दै पटकपटक ज्यान नै लिने प्रयास गरेपछि डेढ महिनाको गर्भवती हुँदादेखि नै माइतीमा आश्रय लिएर बस्दै आएकी छु,’ उनले भनिन्, ‘गाउँसमाज, वडा कार्यालय र न्यायिक समितिले गरेको निर्णय मान्छु भन्दै एउटा पासपोर्ट म संग हुँदा हुदै खुसुक्क अर्को पासपोर्ट बनाएर विदेश भागेपछि मेरो र साढे तीन वर्षकी छोरी मुस्कानको हेरचाह, पालनपोषण माइतीले गर्दै आएको उनले बताइन।’ 

लहान– ५ माइती भएकी खातुनको आग्रहमा मिति २०७५ साल भाद्र १३ गतेका दिन वडाध्यक्ष सुलेमान मियाँ अन्सारीको अध्यक्षतामा सम्पन्न स्थानीय मुस्लिम अगुवाहरूको छलफलले नाबालिका छोरीको लालनपालन र विवाहमा भएको खर्चसहित आठ लाख रुपैयाँ फिर्ता गर्ने द्विपक्षीय लिखित सहमति भएको थियो। विवाहमा माइती पक्ष बाट पाएको (पेवा) मोटरसाइकल, सरसामान सहित रकम फिर्ता गर्ने सहमतिलाई सदाम र उनका बाबुले उल्लंघन गरेपछि खातुन वडा कार्यालयले गरेको निर्णय कार्यान्वयन र सम्बन्धविच्छेद सहितको माग लिएर न्यायिक समितिमा गएकी थिइन् । न्यायिक समितिले पनि वडास्तरमा गरिएको निर्णय कार्यान्वयनका लागि २५ भदौ ०७५ मा पुनः वडा कार्यालयलाई पत्राचार गरेको थियो । ‘स्थानीय समाज, न्यायिक समितिले गरेको निर्णय पनि लत्याएको छ,‘ बुवा आमाले विहेमा करिब २३ लाख जति खर्च गर्दा पनि पतिको अरु संग अनैतिक सम्बन्ध रहेका कारण  म र नाबालिका छोरी घरको न घाटको भयौँ खातुनले सुनाइन।’

नाबालिका छोरीहसति आफ्नो बिचल्ली भएपछि वडा कार्यालय र न्यायिक समितिले गरेको निर्णय कार्यान्वयनको माग गर्दै आएकी खातुनसहित माइतीघरका बाबु मो. नसिर, आमा नाजो खातुन , दाजु फिरोज शेख ,वडा अध्यक्ष सुलेमान मियाँ अन्सारी लगायत समाजका अगुवाहरु विरुद्ध झुटा आरोपहरु लगाउदै उनीहरु विरुद्ध ससुरा मुर्तुजाले सिराहा जिल्ला अदालतमा अन्तरिम आदेशसहितको निषेधाज्ञाको मुद्दा हालेका छन् । मियाँले आफ्नो दैनिक कामकाजमा अप्ठ्यारो पार्ने गरेको, गालीगलौज गर्ने, कुटपिट गर्न खोजेको आरोप लगाउँदै मुद्दा हालेका हुन् । अदालतका न्यायाधीश अनिलकुमार शर्माको एकल इजलासले गत २९ साउनमा खातुनसहित सबै जनालाई १५ दिनभित्र लिखित जवाफ लिएर स्वयं वा कानुनले तोकेबमोजिमको आफ्नो प्रतिनिधिमार्फत अदालतमा उपस्थित हुन आदेश दिएको छ। 

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब