औरही गाउँपालिकाले थाल्यो झुल र सेनिटाईजर वितरण अभियान

  • भदौ ४, २०७७ | ४२१ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । कोरोना महामारीले जोखिम बढी रहेको अवस्थामा जनस्वास्थ्यलाई ध्यानमा राखेर औरही गाउँपालिकाले घरैपिच्छे २ थान सुपानेट झुल र १ थान सेनिटाईजर वितरण अभियान आरम्भ गरेका छन् । 

गाउँपालिकाका  ६ हजार ५ सय घरधुरीलाई लक्षित गरेर झुल तथा सेनिटाईजर वितरण गर्ने अभियानको आरम्भ गरिएको गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले बताए । अभियान औरहीको वडा नं. ४ खजनपुरबाट सुरु गरिएको छ। बढ्दो कोरोना संक्रमणसँगै लामखुट्टेको टोकाईले लाग्न सक्ने सम्भावित रोग नियन्त्रणका लागि झुल वितरण गर्ने अभियान चलाएको उनको भनाई छ । उनका अनुसार झुल वितरण गर्नुपर्ने गाउँकार्यपालिकामा कुरा उठेपछि त्यस प्रस्तावबारे विषेश छलफल गरी झुल वितरण थालिएको उनले थपे । संचारकर्मीको प्रश्नमा उनले भने,‘विपक्षीले थरि थरिका कुरा उडाउछ हामी त्यसको पछि नगएर जनहितका लागि काममा लागेका छौं  यादबले बताए । 

चेतना र समयको माग अनुसार व्यवहारमा परिवर्तन आउन नसक्दा संक्रमणजन्य रोग लाग्न सक्ने सम्भावना बढ्ने गरेका ४ न. वडाका वडाध्यक्ष उपेन्द्र यादवले बताए । उनका अनुसार लामखुट्टे टोकाईको जोखिम औरही गाउँपालिकाभरी रहेको र त्यसबाट बच्न उचित प्रबन्ध गर्न नसक्दा कतिपय व्यक्तिलाई स्वास्थ्यमा जोखिम देखा पर्ने गरेका छन। गाउँपालिकाबाट वितरण भइरहेको झुलको प्रभावले धेरै हदसम्म लामखुट्टेको टोकाईलाई कम गर्ने उनले दाबी गरे । 

गाउँकार्यपालिकाले निर्णय गरे अनुसार गाउँपालिकाको सम्पूर्ण घरधुरीका लागि ५३ लाख ६९ हजार १ ९५ रुपैयाँ लागतमा झुल खरिद गरिएको लेखा प्रमुख सुनिल कुमार यादवले बताए । उनका अनुसार प्रत्येक घरधुरीका लागि १ पिस साधारण र १ पिस सुपानेट झुल खरिद भएको छ । जनअपेक्षा र कार्यपालिकाको निर्णय अनुसार खरिद भएको झुल बाढी र कोरोनाको जनचेतनाको स्तर कमजोर रहेको असुरक्षित अवस्थाको प्रभावका कारण वडा–वडामा वितरण हुन नसक्दा कानूनी प्रक्रिया पु¥याई गाउँपालिका तथा वडाको स्टोरमा राखीएको लेखा यादबले बताए ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामाजिक दुरी कामय गर्दै गाउँपालिकाले झुल वितरण गर्न लिएको लक्ष्यलाई पुरा गर्ने उनले बताएका हुन् ।

कोशी, बलान, कमला र रातु नदीको बहाव बढ्दा तटीय बस्त

अविरल वर्षासँगै आएको बाढी र डुबानले मधेश प्रदेशसहित देश ...

सप्तरीका ५०० घर डुबानमा

सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननग ...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका ...

असोज ११ गते आइतबार,यस्तो छ तपाईंलो राशिफल

वि.सं.२०८३ साल असोज ११ गते । आइतबार । ईश्वी सन् २०२६ से ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब