रौतहट । दलित युबकको हत्या पछि प्रहरीले अनुसन्धान गर्ने नाममा एक जना नाबालिकाको चरित्र हत्या गरेको आरोप लगाइएको छ ।
चन्द्रनिगाहपुरमा आईतबार पत्रकार सम्मेलन गर्दै गरुडा नगरपालिका–८ जिगडिया स्थित एक जना ११ बर्षिय नाबालिकालाई ईलाका प्रहरी कार्यालय गरुडाले पाच घण्टा हिरासतमा लिएर चरित्र हत्या गरेको आरोप नीरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटले लगाएको छ । गएको साउन ३१ गते गरुडा नगरपालिका–८ जिगडियामा रहेको सच फलफुल नर्सरीमा कार्यरत १७ बर्षिय निरञ्जन रामको हत्या पछि प्रहरीले हत्यामा संलग्न लाई पक्राउ गर्ने क्रममा ११ बर्षिय नाबालिका लाई पक्राउ गरी मृतकसंग अनैतिक सम्बन्ध रहेको बयान गर्न अनाबश्यक दबाब दिएको ती नाबालिकाले पत्रकार सम्मेलनमा बताएकी छिन । एक जना महिला प्रहरीसहित पाँच जना पुरुष प्रहरीले अश्लिल शब्द प्रयोग गर्दै आफुमाथि बिभिन्न लान्छाना लगाएको बताउनुभयो ।
हत्या गरिएका राम र नीज नाबालिका संग अनैतिक सम्बन्ध रहेको र त्यसैको कारण ती नाबालिकाको दाजु शेष आजादले हत्या गरेको देखाउन खोजिएको नीरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटका संयोजक सोनेलाल रामले बिज्ञप्ति मार्फत जनाउनु भएको छ । संयोजक रामले बिज्ञप्तिीमा ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोले आर्थीक प्रलोभनमा परेर घटनाको मुख्य योजनाकार सच फलफुल नर्सरीका संचालक राजाराम साह बानिया सहितको समुह लाई जोगाउन खोजेको उल्लेख गरिएको छ । ईलाका प्रहरी कार्यालय गरुडाले घटनामा संलग्न रहेको आरोपमा ७ जना माथि कर्तब्य ज्यानको मुध्दा चलाएको छ तर पीडित परिबारले भने बास्तबिक पीडक लाई पक्राउ गर्नुको बदलामा निर्दोष ब्यक्ति लाई समेत हत्यामा संलग्न रहेको देखाउन खोजेको आरोप लगाएका छन ।
नीरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहट द्धारा आयोजित पत्रकार सम्मेलनमा स्थानीय निर्बाचनमा नेकपा एमालेका तर्फ बाट गरुडा नगरपालिकाका प्रत्याशी मेयरका उम्मेदबार शेष करिमुल्लाहले हत्यामा संलग्न लाई पक्राउ गर्ने बहानामा गरुडा नगरपालिका–८ जिगडिया बस्तिलाई प्रहरीले आतकित पारेको आरोप लगाउनु भयो । घटनामा ती नाबालिकाको दाजु शेष आजादको संलग्नता रहन सक्ला तर उनको नाबालिका बहिनी माथि प्रहरीले चरित्र संग सम्बन्धित अनाबश्यक प्रश्न सोधेर मानसिक तनाब दिएको बताउनु भयो ।
घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतोले मोबाईलमा खिचेको भिडियो पीडित र संघर्ष समिति लाई देखाउदा बास्तबिक दोषि पक्राउ पर्नेमा बिश्वास लिएका थियौ तर आर्थीक प्रलोभनमा उनले त्यस बिपरित घटनाको अनुसन्धान थालेको नेकपाका नेता शेष करिमुल्लाहले बताउनु भयो । उहाले पत्रकार सम्मेलन मार्फत नीरञ्जन रामको हत्याको छानबिन गर्न संघिय सरकार संग माग गर्नु भएको छ । भिडियोमा शेष आजादले भनेको बिपरित प्रहरीले निर्दोष लाई मुध्दा चलाएकोले यस्को समेत छानबिन हुनु पर्ने माग उहाको रहेको छ । पत्रकार सम्मेलनमा हत्या गरिएका नीरञ्जन रामको बुवा नन्दलाल राम, उनको आमा सहित दलित अधिकारकर्मीको सहभागिता रहेको थियो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved