महिलाको मुखबाट निकालियो चार फिट लामो सर्प, सुतिरहेका बेला शरीरभित्र पसेको दाबी

  • भदौ १८, २०७७ | १,५५२ पटक पढिएको | सीमा संदेश
alt

रसियाकी एक महिलाको मुखबाट चार फिटको सर्प निकालेको भिडियो सार्वजनिक भएपछि यसले व्यापक चर्चा बटुलिरहेको छ । डेली मेलले रिपोर्टलाई उद्धृत गर्दै महिला लेभासी गाउँमा रहेको दागेस्तेनस्थित आफ्नो घरको आँगनमा सुतिरहेका बेला उक्त सर्प उनको शरीरभित्र प्रवेश गरेको जानकारी दिएको छ ।

 महिलाको स्वास्थ्यमा अचानक गडबडी देखिएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो जहाँ उनलाई जनरल एनेस्थेटिकमा राखिएको थियो ।

भिडियोमा देखिए अनुसार पञ्जा लगाएका पुरुष डाक्टरले ती महिलाको घाँटीमा ट्युब छिराएर सर्प निकालिरहेको देख्न सकिन्छ ।

महिलाको मुखबाट सर्प निस्कने बित्तिकै महिला स्वास्थ्यकर्मीले निकै डराएको भावसहित त्यो समात्छिन् । उनी आत्तिदै पछाडि सर्छिन् र महिलाको मुखबाट निकालिएको वस्तु  सर्प भएको थाहा पाएपछि स्वास्थ्यकर्मी कराएको पनि सुन्न सकिन्छ ।

त्यसपछि उक्त सर्पलाई मेडिकल बकेटमा फ्याँकिन्छ । सर्प जिउँदो थियो वा त्यो महिलाको शरीरभित्र कति समयसम्म रह्यो भन्नेबारे जानकारी उपलब्ध छैन ।

स्थानीयका अनुसार यस्ता घटना बारम्बार भइरहने भएकोले त्यहाँका ज्येष्ठ नागरिकले युवा–युवतीलाई घर बाहिर नसुत्न सल्लाह दिने गर्छन् ।

ती महिलाको पहिचान खुलाइएको छैन न नै सर्पको प्रजाति नै खुलाइएको छ ।

भिडियोमा एकजना डाक्टरले ‘हेरौं, यो के रहेछ’ भनेको सुन्न सकिन्छ ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब