बरियारपट्टी । बरियारपट्टी गाउँपालिकामा हाजिर भएको प्रमुख प्रशासकिय अधिकृतलाई जनप्रतिनिधि र कर्मचारीहरुले एक कार्याक्रम आयोजना गरी स्वागत गरेको छ ।
बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिमेवारीका रुपमा रंजित जंग अधिकारी हाजिर भएको छ । गाउँपालिका अध्यक्ष श्री सन्तोष कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा नासु अमृत लाल यादव, वडाध्यक्ष,पत्रकार, शिक्षक, राजनीतिकर्मी, समाजसेवी ,गाउँपालिकाका अन्य कर्मचारीहरुबाट प्रमुख प्रशसकीय अधिकृतलाई फूलमालाका साथमा स्वागत गरियो ।
जिमेवारी ग्रहन गदै कर्मचारीहरलाई जवाफदेही भई शुसासन कायम हुने गरी जनतालाई सेवा प्रवाह सहज, सरल र छरितो दिन प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कर्मचारीहरुलाई निर्देशन गर्नु भयो ।
गत ०७६।७७ सालमा जनप्रतिनिधि र प्रशासकिय प्रमुख बीच भएको विवादका कारण उपभोक्ता समितिले २७ ओटा काम गरेको भुक्तानी पाउन नसके पछि प्रमुख प्रशासकीय अधिकृत आउदाँ खुसी भएका छन ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved