सेनिटरी प्याड बनाउँदै सिरहाका महिला

  • भदौ ३१, २०७७ | ४८६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  सिरहाका महिला सेनिटरी प्याड बनाउने सिप सिकी उद्यमशिलता तर्फ अग्रसर बनेका छन् । वेल्टहंगरहिल्फे नेपालको साझेदार संस्था सबल नेपालको प्राविधिक सहयोग तथा खैरसलवा कृषि सहकारी संस्था लिमिटेड सिरहाको आयोजनामा सिरहा नगरपालिकाका १२ जना स्थानिय महिलालाई प्याड बनाउने तालिम दिइएको हो ।

घरेलु बिधि (हात तथा सिलाई मेसिनको प्रयोग) बाट पूनःप्रयोग गर्न मिल्ने कपडाको सेनिटरी प्याड बनाउने सिप उनीहरुले सिकेका छन् । कोरोना माहामारीका बीच उक्त महिलाहरुको समूहले करिब १५ हजार थान कपडाको मास्क बनाइ बिक्री वितरण समेत गरेका छन् ।

स्थानीय खैरसलवा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मनिशकुमार ठाकुरका अनुसार व्यावसायिक योजना बनाइ आउने महिलाहरुलाई एकल वा समूहमा सहकारीमार्फत सहुलियत दरमा ऋण उपलब्ध गराइने छ । यसरी उपलब्ध गराइएको ऋणलाई सम्बन्धित व्यक्ति वा समूहले मासिक रुपमा भुक्तानि गर्नु पर्ने छ भने प्राप्त आम्दानी तथा असुल भएको साँवा रकमबाट क्रमश अन्य व्यक्ति वा समूहमा पूनः ऋण लगानि गरि अन्य वाश व्यावसाय प्रवद्र्धनमा सहयोग गर्नेछ ।

सबल नेपालका लघुउद्धम अधिकृत सन्तोष भण्डारीले सरकारले सबै सरकारी विद्यालयहरुमा निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने कार्यक्रम ल्याएको भन्दै बजारमा पाइने रेडिमेड प्याड व्यवस्थापनमा समेत चुनौती भइरहेका बेला पुनः प्रयोग गर्ने प्याड उपयोगी हुने बताए ।

वेल्टहंगरहिल्फेका परियोजना संयोजक पदम लम्सालले खानेपानी, सरसफाइ तथा स्वच्छताको आनीबानीमा दिगो परिवर्तनका लागि विभिन्न सुविधाहरुको सहज उपलब्धता र प्रयोगको सुश्चितता महत्वपूर्ण भएको बताए ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब