सिरहा । सिरहा नगरपालिकाले जिल्ला अदालत न्याधिशलाई एक कार्याक्रम आयोजना गरी सामान साथ विदाई गरेको छ ।
विदाई कार्याक्रममा नगरपालिकाको मेयर असेश्वर प्रसाद यादबले गोसला ओढाई र फूलमाला लगाई कोभिड १९ को जोखिमको बेला नगरपालिका क्षेत्रलाई विकास तथा समृद्धिका लागि सदैव सल्लाह सुझाव दिई मार्ग दर्शकका रुपमा सहयोग गर्नु भएकोमा धन्वाद पनि व्यक्त गर्नु भयो । देशको जुन ठाउँमा गएपनि यसरी नै देश विकासका लागि माया प्रेमसाथ सुझावा दिई रहनु र आगामी कार्यकाल पनि सफलताका साथ सम्पन गर्नु होला भने, शुभ कामना पनि दिनु भयो ।
जिल्ला अदालत सिरहाको एकै साथ चार न्याधिशका सरुवा भएको छ । सरुवा भएकोहरुमा १ नम्बर श्रीमान योगेन्द्र प्रासद साहको पाँचथर,३ नम्बर श्रीमान अनिल कुमार शर्माको काठमाडौँ, केदानाथ पौडेलको काठमाडौँ र टिकेन्द्र दहालको सुन्सरी भएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved