बरियारपट्टी गाउँपालिकाको गाउँसभा सम्पन्न

  • कार्तिक २, २०७७ | १,१७९ पटक पढिएको | संतोष कुमार यादब
alt

बरियारपट्टी । सिरहाको दक्षिणवर्ती गाउँपालिका बरियारपट्टीको चौथो गाउँ सभा विवादका बिच सम्पन्न भएको छ । उपाध्यक्ष र दुई जना वडाअध्यक्षको असहमतिको बावजुत आइतबार समपन्न आर्थिक बर्ष ०७७÷७८ गाउँ सभाबाट ५१ करोड ८७ लाख ६८ हजार २ सय २४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका अध्यक्ष सन्तोष महतोको अनुसार आन्तरिक श्रोत बाट १ करोड ५५ लाख, संघीय सरकारको वित्तीय समानिकरण अनुदानको ९ करोड ६३ लाख,संघीय सरकारको सशर्त अनुदानको १७ करोड २ लाख, संघीय सरकारको विशेष अनुदानको १ करोड ५० लाख, संघीय सरकारको राजस्व बाँडफाँडको ६ करोड ४२ लाख, प्रदेश सरकारको वित्तीय समानिकरण अनुदानको ७१ लाख ५० हजार, प्रदेश सरकारको सशर्त अनुदान ८० लाख, प्रदेश सरकारको विशेष अनुदान ३० लाख, प्रदेश सरकारको सम्पुरक अनुदानको २० लाख, सामाजिक सुरक्षा भत्ता वापत ३करोड ५५लाख ३७ हजार, बहुक्षेत्रीय पोषण कार्यक्रमको १० लाख ३० हजार, सौर्य उर्जा कार्यक्रमको ८लाख र गत बर्षको आल्या रकम १० करोड ५१ हजार २ सय २४ गरी जम्मा ५१ करोड ८७ लाख ६८ हजार २सय चैबिस रुपैयाँको बजेट सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष महतोले किसानको लागी सिचाइ निःशुल्क गरिने घोषणा समेत गरेको छ । उनले गाउँ पालीकाका सवै किसानलाई खेतिको लागि निःशुल्क सिचाई उपलब्ध गराउने बताए ।

उपाध्यक्ष रेखा कुमारी यादवले यो गाउँ सभा अहिलेलेलाई स्थगित भनेपनि अध्यक्षले सभा सम्पन्न भएको जनाएको छ । उपाध्यक्ष यादवले अझै केही विषयहरुमा सरसल्लाह बाँकी रहेको भन्दै अहिलेलेलाई स्थतिगत भएको बताए । उपाध्यक्ष तथा वडा अध्यक्ष ४ का नविन यादव र वडा नं. १ नेवालाल यादवले योजना तर्जुमामा आफूहरुलाई जानकारी नदिई एक्कासी गाउँ सभा बोलाएको भन्दै असहमति जनाउँदै आएको छ ।

उनीहरुले शुक्रवार पनि गाउँ पालीकामा ताला बन्दि गरेको थियो । गाउँ सभा गराउन विषयमा सहमत भई विवादीत पक्षको माग बारे आज छलफल हुन स्रोतबाट बुझिएको छ । माग पुरा नभए विशेष आन्दोलन कार्यक्रम संचालन गने अन्तुष्ट पक्षले बताए ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब